जहाँ सुर्योदय हुन्छ शायद त्यहा सुर्यास्त अवश्य हुन्छ

जहाँ सुर्योदय हुन्छ शायद त्यहा सुर्यास्त अवश्य हुन्छ सदा सर्वदा पुर्णिमा कहाँ हुन्छ ? अौसीमा चन्द्रमा त आध्यरो सिरकले मुख छोपी रुन वाध्य हुन्छ यहाँ सुखको पछाडि रोदन र रोदनको पछाडि खुशी अवश्य हुन्छ शायद संसारको रित यस्तै नै हो जन्मपछी मृत्यु अकट्य छ जीवन भएको स्थनमा मृत्‍यु पक्कै हुन्छअन्तर्मनमा अन्कुरिएका ति असंख्या चाहनाहरु जो जिउनुको अर्था खोज्दै भौतारिरहेका हुन्छन 
              देखेका सपनाहरु अक्सर विपनामा आएर भत्कने गर्दछ बितेका ति क्षेणहरुलाई एउटा सग्या दिएर बिहानिको उदयसँग जिन्दगीलाई दोर्याउनु बुद्धिमानी हो हो केही मन रोइदेला हृदयले नमान्ला त्यही पनि परिस्थिती त्यस्तै पर्न आयो भने कसैलाई बलिदन पनि गर्नुपर्छ मनलाई यती बलियो बनाउनु कि बिस्वासघात् वा निस्ठुरिको सम्झनाले मन कहिले नरोओस र परेलिबाट मोती नझरोस हामी पनि मान्छे हौ हामी अरुको स्वार्थको लागि विश पिउने पशुपति त अवश्य बन्न सक्दैनौ कसैले हाम्रो मुटु टुक्रा टुक्रा पारीदियो भन्दैमा के हामी स्वयमले आफ्नो मुटुमाथि छुरी घोचेर छिया छिया पार्नु उचित छ कसैले तिम्रो मुटुमाथि चोट पुर्याउछ भने आफुले झन चोट थप्नु उचित हुन्छ ? 
जो महान छ आफु जल्छ रुन्छ पग्लन्छ प्रकाश छरिदिन्छ शायद महान र बलिदानको परिभाशा भनेको यही नै होला सबैलाई उज्यालो आ-आफ्नो मतलब र स्वार्थ रहनछ यो मतलबी संसारमा यहाँ मैनबत्तिको आशुको प्रभाव कसलाई ? सबैलाई उज्यालो भए पुग्ने तर मैनबत्तिको पिडा सम्झने को ? यो संसारमा पिर,पिडा,चित्ता र दु:खबाट कोही स्वतन्त्रा छ?

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World