कलाकार शंकर आचार्यले निर्देशन गरेको फिल्म 'लभ फरेभर'को फस्ट लुक, गीत र
प्रोमो सार्वजनिक गरियो। राजधानीमा सोमबार राजकुमार राई, प्रदीप उदय, विदुर
गिरी र दिनेश डिसीले संयुक्त रुपमा 'लभ फरेभर'को पहिलो झलक देखाए। 'दुई पुस्तालाई समेट्ने प्रयासले
फिल्ममा यहीअनुसार कलाकार छनोट, संवाद र स्त्रि्कप्ट तयार गरिएको छ। ५० औं
पटक स्त्रि्कप्टमा काम गरेपछि फिल्म बनाउने आँट गरेको हुँ। निम्फोमेनिया
रोग लागेकी युवतीको कथा फिल्ममा समावेश गरेको छु। मेरो प्रयासलाई सकारात्मक
रुपमा लिइँदिन अनुरोध गर्छु,' निर्देशक शंकरले भने। त्रिकोणात्मक फिल्मले
एडल्ट सर्टिफिकेट प्राप्त गरेको छ। निम्फोमेनिया (अति यौन चाहनाको रोग)
लागेकी युवतीको भूमिकामा सुमिना घिमिरेले अभिनय गरेकी छन्।
'पुराना
कलाकार भएकाले शंकरले फिल्ममा अभिनय गर्दाको अनुभव सदुपयोग गरेको होला
भन्नेमा आशावादी छु। राम्रो फिल्मलाई दर्शकले मनपराउनेछ,' निर्माता
राजकुमार राईले भने। दिव्यशक्ति क्रियसनको प्रस्तुति रहेको 'लभ फरेभर'बाट
अभिनेता निरज बराल नकारात्मक भूमिकामा देखिँदैछन्। कथावस्तु राम्रो
लागेपछि फिल्म गर्न मन लागेको हो। मैले निर्वाह गरेको भूमिका दर्शकले
रुचाउने खालकै छ,' उनले भने। कार्यक्रममा दिनेश डिसी, प्रदीप उदय र विदुर
गिरी लगायतले बोलेका थिए।
फिल्ममा अभिनेत्री सुमिना घिमिरे, निरज
बराल, गजित बिस्ट र राज आचार्य आदिले अभिनय गरेका छन्। फिल्ममा चेतन
सापकोटाले संगीत दिएका छन्। आगामी असार १४ मा रिलिज हुने फिल्ममा ५०
लाखभन्दा बढी लगानी परेको छ।
0 comments
तपाईंको प्रतिकृया