अन्तर्वार्ता नदिई विदेशीले नेपालमा श्रम स्वीकृति नपाउने
२५ वैशाख,
नेपालमा विदेशी
कामदारले स्वयं उपस्थित भएर अन्तर्वार्ता दिएपछि मात्र श्रम स्वीकृति पाउने
भएका छन् । गैरकूटनीतिक क्षेत्रमा कार्यरत विदेशीबाट राष्ट्रहित विपरीत
काम भएको पाइएपछि सरकारले श्रम ऐनअन्तर्गत श्रम विभागको अन्तर्वार्ता
अनिवार्य पास गर्नुपर्ने नयाँ व्यवस्था लागु गरेको हो । श्रम विभागका अनुसार श्रम स्वीकृति नलिई
काम गरिरहेका गैरकूटनीतिक क्षेत्रका विदेशीलाई समेत यो नियम लगाइने छ ।
श्रम स्वीकृति नलिई नेपालमा काम गरेकेा अनुगमनमा पाइए कारबाही गरिने
विभागले जनाएको छ ।
यसअघि विदेशी गैरकूटनीतिक व्यक्ति नेपालमा
काम गर्न आउँदा सम्बन्धित व्यक्ति उपस्थित नभए पनि श्रम स्वीकृति
दिइन्थ्यो । नेपालमा रहेका विभिन्न गैरसरकारी संस्था -एनजीओ),
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था -आइएनजीओ), विकासे कार्यक्रम तथा
परियोजन, द्विपक्षीय तथा बहुपक्षीय सम्झौताका आधारमा सञ्चालित परियोजना,
दातृसंस्थालगायत संघसंस्थालगायत संघसंस्थामा कार्यरतमाथि अनुगमन गर्ने
तयारी विभागको रहेको छ ।
0 comments
तपाईंको प्रतिकृया