कसलाई पो हुँदैन अनुहार चम्किलो तथा सुन्दर बनाउने
अनुहार चम्किलो तथा सुन्दर बनाउने रहर
कसलाई पो हुँदैन र ? तर अनुहारको छाला विभिन्न कारणले गर्दा बिगि्रन्छ र
अनुहार धब्बायुक्त, कालो तथा अँध्यारो बन्छ । अनुहारको छाला अँध्यारो तथा
कालो बन्नुको एक कारण सरीरबाट निस्कने प्राकृतिक तेल सेबम रौँको छिद्रमा
जम्नु हो । यो सेबम पुरानो भएपछि त्यसले छालालाई
कालो रुपमा बदल्छ । अनुहारको छालालाई कालो तथा धब्बायुक्त अवस्थाबाट मुक्ति
दिन तथा अनुहारलाई चमकदार बनाउने केही घरेलु उपाय छन् ती निम्न छन् :
- हप्तामा कम्तिमा एक पटक बाफ लिनुहोस् । बाफ लिनाले रौँ का छिद्र खुल्दछन् । बाफ लिइसकेपछि अनुहारलाई राम्रोसँग नरम कपडाले पुछ्नुहोस् ।
- अंगुरको गुदी मज्जाले पिँधेर अनुहारमा लेप लगाउनुहोस् र केहीबेर सुक्न दिएर पखाल्नुहोस् ।
- कागतीको गेडालाई काटेर त्यसलाई अनुहारमा दल्नुहोस् । त्यसो गर्दा कागतीको रसले अनुहार मज्जाले भिज्न पाउँछ । यसले अनुहारको छालामा हुने विभिन्न खाले इन्फेक्सन रोक्ने मात्र होइन अनुहारको छालालाई चम्किलो र सुन्दर पनि बनाउँछ ।
- एक कप जौँ को पिठोमा एक कप दही मिलाएर लेदो बनाउनुहोस् अनि त्यसलाई अनुहारमा लगाएर सुक्न दिनुहोस् । केही बेरपछि मनतातो पानीले पखाल्नुहोस् ।
- सधै सुत्नुभन्दा अगाडि दिनभर अनुहारमा लगाएका क्रिम पाउडर लगायतका श्रृंगारका सामाग्री पखाल्नुपर्छ । त्यसो गर्दा रौँ को छिद्र रोकिन पाउँदैन ।
- सन्तुलित भोजन गर्नुहोस्, बढि चिल्लो, पिरो खाना नखानुहोस् र पर्याप्त निद्रा लिनुहोस् अनि तनावबाट बच्नुहोस् ।
0 comments
तपाईंको प्रतिकृया