इज्जत को ख्याल छैन , हिरोनी बन्नुपर्ने कस्तो ,नापेदेखी दुइ बित्ता को लुगा छैन,सबै भन्दा राम्री जस्तो

खै      कसलाई        भनौ  ,    मेरो     साथी    कस्तो     छ 
कसैले लगाउने लुगा छोटो ,कसैको पाईन्ट   झर्ला  जस्तो 
भनौ   भने    आफ्नै    साथी ,  नभनौ   त    कस्तो कस्तो 

तल   माथि  गाजल  पोती,  आँखा  झिम्क्याई हिड्ने गर्छ 
पढ्नु   लेख्नु  कताकता , फेसन    गर्न   व्यस्त       हुन्छ 
आमाबाको   सम्पति उडाउनमा,   न किन  मस्त    हुन्छ 

खै      सलाई   के         भनौ      मेरो        साथी     कस्तो 
कोहि        हेर्यो     केटाजस्तो  ,   कोहि     केटि      जस्तो 
कानमा    मुन्द्रा    टप ,  डाका     बनि      हिड्या   जस्तो 
भनौ    भने  आफ्नै    साथी,  नभनौ  त    कस्तो   कस्तो 

इज्जत   को   ख्याल छैन , हिरोनी      बन्नुपर्ने     कस्तो 
नापेदेखी दुइ बित्ता को लुगा छैन,सबै भन्दा राम्री  जस्तो 
फाले    इज्जत    बाआमाको,  फोहोर    फाले        जस्तो 
भनौ  भने   आफ्नै    साथी,  नभनौ   त    कस्तो   कस्तो  
:चाहनाका उत्सर्गहरु 

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World