भोक भोकै ब्रत बसी , भो देउता खोज्न मन्दिर नधाउ ,
भोक भोकै ब्रत बसी , भो देउता खोज्न मन्दिर नधाउ ,आत्मै मारी लिन्छौ धर्म , भो देउता रोज्न मन्दिर नधाउ
खै कस्ले देख्या छ र , ढुंगा भित्र देउता यहाँ ,
आखिर कहाँ छन त देउता , भो देउता सोध्न मन्दिर नधाउ ..
यथार्तलाई बुझ्न खोज , देउता छैन ढुंगा भित्र ,
मन्दिर भित्र उही ढुंगा , भो देउता पोज्न मन्दिर नधाउ
बेर्थई किन धाउछौ मन्दिर , देउता तर आफ्नै घर मा ,
आमा बाबा नै देउता ठुलो , भो देउता खोज्न मन्दिर नधाउ
ढुंगा पुजी धर्म मिल्छ , भो धर्म पाउन मन्दिर नधाउ ,
आमा बाबा कै सेवा धर्म , भो देउता बोज्न मन्दिर नधाउ .
न्यु स्टार ग्रौप
आशिष अन्जान घिमिरे
राज्गढ़ ४ जनता चोक झापा नेपाल
0 comments
तपाईंको प्रतिकृया