किन छुट्यो त पारसको प्रेम सम्बन्ध ?

paras-shah८ वैशाख, 
         पत्नी हिमानी बैंकक पुगेपछि पूर्वयुवराज पारस शाहको थाई प्रमिका लिनसँग सम्बन्ध टुटेको छ । स्रोतका अनुसार लिन आफैं पारससँग टाढिएकी छिन् । बैंककमा हृदयघात हुँदा लिनले नै पारसलाई अस्पताल पुर्‍याएकी थिइन् भने सुरुका दिनमा निरन्तर रेखदेखसमेत उनैले गरेकी थिइन् । हिमानी बैंकक पुगेपछि भने उनलाई पारससँग नजिकिन समस्या परेको थियो ।
                 स्रोतका अनुसार हिमानी पुगेपछि पारस डिस्चार्ज हुँदासम्म लिनले मुस्किलले दुईपटकमात्र भेटेको नयाँ पत्रिकामा खबर छ । लिनले साह्रै धेरै आग्रह गरेपछि पारसका परिवारका सदस्यले छोटो समयका लागि भेट्न अनुमति दिएका थिए, भेटमा उनी साह्रै भावविह्वल भएकी थिइन् ।    हिमानी बैंकक जाने बित्तिकै पारसका साथीहरुले भेटघाट गर्न लिनलाई प्रतिबन्ध लगाएका थिए । पारस र हिमानीबीच सम्बन्ध कुनै अवरोध उत्पन्न नहोस् भनेर उनीहरुले यसो गरेको स्रोतको भनाई छ ।
पूर्वराजपरिवार आज स्वदेश फर्कदै
पूर्वयुवराज पारसको परिवार आज बैंककबाट काठमाण्डौं र्फकने भएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, पूर्वयुवराज्ञी हिमानी र हिमानीकी जेठी छोरी आज काठमाण्डौं र्फकने भएका हुन् । स्रोतका अनुसार पूर्वयुवराज पारस थाइल्यान्डको पुनस्थापना केन्द्रमा भर्ना भएपछि पूर्वराजा शाह र उनको परिवार काठमाण्डौं र्फकन लागेको हो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World