यात्रुबस दुर्घटनामा ३ को मृत्यु

 कपिलवस्तु, बैशाख ८ - 
कपिलवस्तुको शिवपुर उमरीचोकमा आइतवार विहान ४ बजेतिर बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।

अरु १५ जना घाईते भएका छन् ।

बाग्लुङबाट बर्दियाको कोठियाघाटका लागि छुटेको ना ४ ख ७३ ९८ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवपुर उमरीचोकमा रोकीराखेको ना ३ ख ५१ ६८ नम्बरको ट्रकसित ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउने तीनै जना बसका यात्रु रहेका प्रहरीले जनाएको छ । ज्यान गुमाएकाहरुको सनाखत हुन सकेको छैन ।

घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । उद्दारका लागि प्रहरी ढिलो पुगेको यात्रुको गुनासो छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World