कसलाई हुन्छ हृदयाघात हुने खतरा बढी ?
चुपचाप बसिरहेको बेला वा कसैसँग कुरा गरिरहेको बेला तपाइर्ंले खुट्टा
हल्लाउने गर्नुभएको छ ? सामान्यतः यस्तो गर्ने बानी सबैजसोका हुन्छ । यसलाई
बानीबेहाराकै एउटा अंग पनि मान्ने गरिन्छ । तर विशेषज्ञहरू यसलाई बिरामीको
संकेत मान्ने गरेका छन् । विशेषज्ञहरूले केसम्म भनेका छन् भने खुट्टा
हल्लाउने बानी भएकाहरूलाई हृदयाघात हुने खतरा बढी हुन्छ । अनुसन्धानअनुसार
खुट्टा हल्लाउने समस्याले पीडित व्यक्तिमा हृदयाघात हुने जोखिम दोब्बर बढ्छ
। चिकित्सा विज्ञानमा खुट्टा हल्लाउने बानीलाई 'रेस्टलेस लेग सिन्ड्रोम'
भनिन्छ । खुट्टा हल्लाउने बानी प्रत्यक्ष रूपमा निद्रा कम लाग्ने समस्यासँग
समेत जोडिएको अनुसन्धानमा उल्लेख छ । हार्वर्ड मेडिकल स्कुल, बोस्टनका
प्रमुख अनुसन्धानकर्ता डा. जोन डब्लू विकलम्यान भन्छन्, 'खुट्टा हल्लाउने
बानीले पीडित व्यक्तिहरूमा हृदयाघातको खतरा दुई गुणाले बढ्ने गर्छ । यस्ता
व्यक्तिले निदाउनुभन्दा पहिले दुई सयदेखि तीन सयपटकसम्म खुट्टा हल्लाइसकेका
हुन्छन् । खुट्टा हल्लाउनाले रक्तचाप र मुटुको चाल बढ्छ । पछि गएर यो
मुटुको रोगको सबैभन्दा ठूलो कारकसमेत बन्छ ।
अनुसन्धानकर्ताले यो नतिजा ३
हजार ४ सय व्यक्तिमा अध्ययन गरेर निकालेका हुन् । अध्ययनमा सामेल
व्यक्तिहरूको औसत उमेर ६८ वर्ष थियो । तिनको खुट्टा हल्लाउने समस्या र मुटु
रोगबीच तुलनात्मक अध्ययन गरियो । सात प्रतिशत महिला र तीन प्रतिशत पुरुषमा
खुट्टा हल्लाउने समस्या र मुटु रोगको प्रत्यक्ष सम्बन्ध रहेको पाइयो । यति
मात्र नभई, खुट्टा हल्लाउने बानी पनि भएका र बढी उमेर, बढी तौल, उच्च
रक्तचाप र धूमपानको अम्मल पनि भएका व्यक्तिहरूमा हृदयाघातको जोखिम झन् बढी
हुने गरेको पाइयो ।
0 comments
तपाईंको प्रतिकृया