बाची रहु आमा तिमि , खुन दिन्छु म

" यो गजल मनको भावना बिशेष मेरो मामुको सम्झना मा लेखिएको गजल हो । यो गजल मेरो मामु लाई अनी यो संसार मा हनु भएको सम्पुर्ण मामुहरुलाई समर्पण गर्न चाहन्छु |

बाची    रहु    आमा     तिमि , खुन   दिन्छु    म
चम्कि   रहु   पुर्णिमा     झै ,   जुन     दिन्छु  म ।

सपना     तिमी     देख ,       पुरा      गर्छु    म ,
दुःख   झेली   सुख   तिम्रो ,  बुन      दिन्छु  म ।

दस  महिना   कोखैमा ,   कति   बोकेउ कखैमा ,
तोडने   छैन   बिस्वाश   तिम्रो , गुण दिन्छु म ।

शरीर   मेरो    अंग - अंग ,   रक्त सन्चार तिमी ,
जीवन      मेरो   प्राण     तिमी , खुन दिन्छु म ।

ममता   की   खानी   तिमी ,   आखा की नानी ,
भगवान   भन्नु   मात्र    आमा , चुन दिन्छु म ।

तिम्रो हातको पानी पनी , अमृत लाग्छ मलाई ,
त्यै     बिस्वाश   मिठो बन्छ , नुन   दिन्छु   म ।

जुनी     जुनी    यसरी नै ,   आमा     भन्न पाऊ ,
मुटु     मेरो     धड़कन     तिमी , धुन दिन्छु म ।

1 comments

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World