गएको वर्ष विपत्तिको वर्ष २ ० ६ ९ के के भयो त ?
सेतीमा अप्रत्याशित बाढी उर्लिएपछि
वैशाख २२ गते सेती नदीमा अप्रत्याशित बाढी आएपछि सर्दीखोला आसपासको मानव बस्ती बगरमा रूपान्तरण भयो । खारपानी क्षेत्रमा जमिनको सतहबाट २० फिट उचाइमा आएको बाढीले तीन दर्जनभन्दा बढीको ज्यान लियो । घर, पसल तथा नदी किनारामा बसिरहेका एवं पिकनिक गएका विद्यार्थी बाढीमा परेका थिए । बाढीले ११ घर, तीन झोलुङ्गे पुल, ८ वटा पाटीपौवा, २ पानी घट्ट सहित ७ करोड बराबरको क्षति पुर्यायो ।
मनास्लुको हिम पहिरो
असोज ७ गते मनास्लुमा गएको हिम पहिरोमा ११ जनाले ज्यान गुमाए, केही बेपत्ता र केही घाइते भए । आरोहणका लागि निकै कठिन मानिने ८ हजार १ सय ५६ मिटर अग्लो हिमालको चुचुरो पुग्न अन्तिम तयारी गरिरहेका बेला बिहान ५ बजे उनीहरू हिमपहिरोमा परेका थिए । गोरखा सदरमुकामबाट ५३ कोस टाढा सामागाउँ गाविसस्थित ७ हजार ३ सय मिटर उचाइको तेस्रो क्याम्पबाट शिखर चुम्ने तयारी गर्दागर्दै उनीहरूलाई हिम पहिरोले बगाएको थियो ।
दुई मिनेटमै खस्यो सीता एयरको विमान
असोज १० गते त्रिभुवन अन्तर्राष्टिय विमानस्थल धवानमार्ग छाडेको दुई मिनेटमै सीता एयरको ९ एन एएचए डोर्नियर विमान दुर्घटना हुँदा चालक दलका तीन सहित सवै १९ जनाको ज्यान गयो । धवानमार्गवाट ५० फिटमाथि पुगेको विमान आकाशमै आगो लागेपछि लोकन्थलीको मनोहरा खोला छेउमा खसेको थियो । क्याप्टेन विजय तन्डुकारले कमान्ड गरेको जहाज काठमाडौंबाट लुक्लाका लागि उडेको थियो ।
पहिरोले मानिससहित गाडी वगायो
असोज १४ गते मेची राजमार्ग अन्र्तगत इलामको हर्कटे नजिकै चिसापानीमा अचानक पहिरोले एकसाथ ६ वटा गाडी बगायो । उक्त पहिरोले गाडीका चालक र यात्रुसहित एक दर्जन बढीको ज्यान लियो ।
सवारी दुर्घटनाको श्रृंखला
जेठ १७ गते डोटीको खिरसैनमा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गयो भने जेठ २२ मा यस्तै दुर्घटनाबाट नवलपरासीको दाउन्नेमा सात जनाको मृत्यु भयो । यसैगरी साउन १ मा पृथ्वी राजमार्गको कृष्णभीरमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाए ।
साउन ७ बुटवलबाट अर्घाखाँची सदरमुकाम हिँडेको यात्रुवाहक बस अर्घाखाँचीको नरपानी ९ मा दुर्घटना हँुदा १५ को मृत्यु भयो । १३ साउन तानसेन तम्घास सडकखण्डको पाल्पा जोर्तेबजार नजिक जिप दुर्घटना हँुदा गुल्मी थानपतिका एकै परिवारका १४ जनाले ज्यान गुमाए ।
२३ साउनमा बुटवलवाट काठमाडौं आउँदै गरेको बस धादिङको कमेरेडाँडामा दुर्घटना भयो, जसमा १२ जनाको ज्यान गयो । यस्तै, २४ भदौमा गुल्मीको तम्घासबाट काठमाडौं हिँडेको बस हार्दिनेटा ६ मथुरामा दुर्घटनाग्रस्त भयो । यो कहालीलाग्दो दुर्घटनाबाट ३१ जनाले ज्यान गुमाए ।
भदौ २६ गते कालिकोटको मान्मबाट जुम्लामा हिँडेको बस सेरावाडाको
बिर्तामोडमा दुर्घटना हुँदा २८ जनाको मृत्यु भयो । पुस १३ गते सुर्खेतमा बस
दुर्घटना हँुदा १५ जनाले ज्यान गुमाए । त्यसबाहेक सानातिना दुर्घटनाहरूमा
पनि दर्जनौं परिवार आफन्त गुमाउनुपर्यो ।
बाढी-पहिरोमा जनधनको क्षति
साउनको दोस्रो सातातिर देशभर अविरल वषर्ासँगै आएको बाढी-पहिरोले जनधनको ठूलो क्षति पुर्यायो । १८ साउनमा राप्ती नदीमा आएको बाढीले दाङका सयौं गाउँ जलमग्न भए । यसैदिन बाग्लुङमा बाढीका कारण दुई जनाको मृत्यु भयो भने एक जना बेपत्ता भए । १९ साउनमा बाढी-पहिरोले अझ उग्र रूप लियो । बाढी-पहिरोमा परी दाङमा १० जनाले ज्यान गुमाए । उद्धारमा गएका एक प्रहरीले समेत आफ्नो ज्यान जोगाउन सकेनन् । गुल्मीमा घर बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भयो । बाजुरामा दाजुभाइ बगेर बेपत्ता भए । बाग्लुङमा आएको बाढीवाट एक महिलासहित दुई पुरुष बेपत्ता भए । मकवानपुरमा बगेरै एक जनाले ज्यान गुमाए । मनाङको धारापानी-१ तालगाउँ डुबानमा पर्दा ४ सय गाउँले विस्थापित हुनुपर्यो । गुल्मीको ठूलोलुम्पेक-२ ढुंगाचाल्नेमा झन्डै १२ मिटर माथिबाट आएको पहिरोले घनश्याम विकको खरले छाएको घर वगाउदा एकै परिवारको चार जनाको मृत्यु भयो । मकवानपुरमा बाढीबाटै एक जनाले ज्यान गुमाए ।
आगलागीको सन्त्रास
बढ्दो गर्मी र खडेरीसँगै आगलागीका घटनाहरू पनि प्रशस्तै सुनिए । सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगमा आगलागी भयो । यसैगरी सप्तरीको वचधुवा गाविसमा भएको आगलागीबाट २ सय घर नष्ट भए । आगलागीवाट ४० परिवार घरवारविहीन हुनुपरेको थियो । चैत्र २ गते राती धनकुटाको मूलघाट बजारमा भीषण आगलागीबाट सात घर जलेर नष्ट भए । राति करिब साढे १० बजे सुरु भएको आगलागीबाट १ करोड ११ लाख बराबरको क्षति पुग्यो । चैत्र १९ मा रोल्पाको घोडागाउँ-२ स्थित एउटा बस्तीमा आगलागी हुँदा एक वृद्धाको जलेर मृत्यु भयो । आगोले एक दर्जनभन्दा बढी घरगोठ जले । काठमाडौंको सतुङ्गलस्थित चौधरी ग्रुपको इलेक्ट्रोनिक्स कारखानामा भीषण आगलागी हँुदा करोडौंको क्षति भयो ।

0 comments
तपाईंको प्रतिकृया