११ र १२ को परीक्षामा नयाँ नियम

१४ बैशाख,काठमाडौं
यस वर्षको उच्चमाध्यमिक तहको परीक्षामा नयाँ नियम लागुहुने भएको छ । यही वैशाख १७ गतेदेखि हुन लागेको कक्षा १२ र वैशाख ३१ गतेदेखि हुन लागेको कक्षा ११ को परीक्षालाई मर्यादित बनाउन आचारसंहिता जारी गरिएको हो । आचारसंहितामा प्रत्येक दिन नियमित रुपमा ढोकामा नै जाँच गरिने, मोबाइलफोन पूर्णरुपमा बन्देज गर्ने, नियमित विद्यार्थीले अनिवार्य पोसाक लगाउनुपर्ने र आंशिक परीक्षार्थीले भद्दा पोसाक लगाउन नपाइने व्यवस्था गरिएको छ ।
 
त्यस्तै परीक्षामा अमर्यादित कार्य गर्ने विद्यार्थीलाई निष्काशन गरिने, बाहिरी व्यक्तिलाई प्रवेश निषेध गरिने, परीक्षा पर्यवेक्षक प्रश्नपत्र खोल्दादेखि उत्तरपुस्तिका प्याकिङ गर्दासम्म नियमितरुपमा उपस्थित हुनुपर्ने व्यवस्था पनि आचारसंहितामा उल्लेख गरिएको छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World