लाइसेन्सको नयाँ ट्रायल कार्यान्वयन नगर्न सर्बोच्चको आदेश
१२ वैशाख, काठमाडौं
सर्वोच्च अदालतले
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ ट्रायल व्यवस्था कार्यान्वयन
नगर्न अन्तरिम आदेश दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार मात्र
अन्तराष्ट्रिय मापदण्डको नयाँ ट्रायल सुरु गरेको थियो । न्यायाधीश
भरतबहादुर कार्कीको एकल इजलासले मंगलबार ७ दिनका लागि तत्कालिन अन्तरिम
आदेश दिएको हो । साथै विभागसँग लिखित जवाफ माग्दै इजलासले दुबै पक्षलाई
छलफलमा बोलाई १७ गतेको पेशी तोकेको छ । पुरानै व्यवस्था लागू गर्न माग गर्दै क्रिएटिभ ड्राइभिङ स्कुलले सर्वोच्चमा रिट दायर गरेको थियो ।
0 comments
तपाईंको प्रतिकृया