प्रचण्डले भने- ‘सहयोग नगरे भारतको सुरक्षा चिन्ता सम्बोधन गदैनौं’
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले नेपालको विकासमा सहयोग नगरे भारतको सुरक्षा चिन्तालाई सम्बोधन
नगर्ने धक्की दिनु भएको छ । सल्यानको वाफुखोलामा बिहीबार आयोजित सभामा
प्रचण्डले भारत भ्रमणको क्रममा नेपालको आर्थिक विकासका लागी कुरा उठाउने
बताउनु भयो ।उहाँले भन्नुभयो-’मैले चीन भ्रमणको क्रममा
पनि यहि कुरा उठाएको हूँ र भारत भ्रमणको क्रममा पनि यहि कुरा उठाउने छु,
यसले नेपालको आथिृक विकासमा सहयोग पुग्ने छ ।’ चीनले आफूलाई संविधानसभाको
चुनावपछि आर्थिक विकासका लागि सहयोग गर्ने वचन दिएको प्रचण्डले सुनाउनु भयो
। उहाँले भन्नुभयो-’उत्पादन वृद्धि र विकासको लागि छिमेकीको सहयोग
अनिवार्य छ, चाहे त्यो भारत चीन वा अरु कोहि होस् ।’
नागरिकहरुले आफुमाथि देशलाई बदल्ने आशा
राखेको भन्दै उहाँले भन्नुभयो-’मलाई त्यसका लागि ८/१० वर्षको समय चाहिन्छ
।’ प्रचण्डले अवको संविधानसभा निर्वाचनमा मधेसी र जनजातिसँग मिलेर चुनाव
लड्ने र वहुमत ल्याउने दावी गर्नुभयो । संविधानसभामा माओवादीको वहुमत आउने
देखेर अन्य दलले विभिन्न बखेडा झिकेको उहाँको आरोप छ ।यसअघि विहान प्रचण्डले ३ घण्टा सल्यान रुकुम र रोल्पाका माओवादीका जिल्ला स्तरिय कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।प्रशिक्षणको क्रममा प्रचण्डले
शान्तिप्रकृयापछि पार्टी विग्रिएको तथा पार्टी कार्यकर्ताहरु व्यक्तिवादी र
जालिझेली भएको भन्दै सातौँ राष्ट्रिय महाधिवेशनपछि आफू पार्टीको सुधारमा
लागिपरेकेा बताउनु भयो । उहाँले भन्नुभयो-’पार्टी शान्ति प्रक्रियापछि
विगि्रएको र कार्यकर्ताहरु विगि्रएको पनि सत्य हो, अव सवै त्यसको सुधारका
लागि लाग्नुपर्छ । माओवादी अध्यक्ष प्रचण्डले आफूले एमाले
पार्टी छैन नभनेको भन्दै भन्नुभयो-’मैले त एमालेले कांग्रेससँग मिलेर चुनाव
लडेमा सिद्धान्तत रहने छैन भनेको हो । मेरो भनाईको आसय एमाले नै छैन भन्ने
हैन ।’

0 comments
तपाईंको प्रतिकृया