‘मञ्जरी’ सेन्सर पास भएको खुलासा, कर्मचारीले घुस खान नपाएको पाण्डेको आरोप
चलचित्र ‘मञ्जरी’ लाई चैत्र ६ गते नै सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
दिएको खुलासा भएको छ । सेन्सर बोर्डले तिन वटा दृश्यलाई काट्न भन्दै
सर्टिफिकेट दिएको थियो । तर यसको निर्माणपक्षले भने सेन्सरले अनावश्यक
रुपमा दृश्य काट्न भन्दै दुख दिएको बताउदै सिनेमाको प्रदर्शन मिति वैशाख २०
लाई सारेको छ । चलचित्र सेन्सर बोर्डले दिएको सर्टिफिकेट ‘मञ्जरी’
युनिटसँगै छ । तर पनि ‘मञ्जरी’को निर्माणपक्ष सेन्सर बोर्डले दुख दिएको
भन्दै पत्रकार र चलचित्रकर्मी गुहारिरहेको छ । ‘मञ्जरी’ युनिटले सर्टिफिकेट
लिएर पनि दर्शक र पत्रकारलाई झुक्काएको आरोप धेरैले लगाउन थालेका छन् ।
‘मञ्जरी’ युनिटले गरेको पत्रकार सम्मेलनमा पनि सेन्सर बोर्डबाट सर्टिफिकेट
लिएको कुरा खुलाइएको थिएन ।
तर यस बिषयमा ‘मञ्जरी’का निर्देशक गणेशदेव पाण्डेको तर्क आफ्नै खालको छ ।
गणेशले आफुहरुले सर्टिफिकेट लिएको स्विकार गर्दै भने, ‘सुरुवातमा
प्रमाणपत्रमा दृश्य हटाउनु भनि लेखिएको बिषयका बारेमा हामीलाई केही थाहा
भएन । तर पछि हामीले कुरा वुझेपछि पुनः सेन्सर बोर्डमा निवेदन दिएका थियौ
।’ उनले सेन्सर बोर्डका कर्मचारीले आफ्नो पावरको दुरुपयोग गर्दै घुस खान
नपाएपछि ‘मञ्जरी’लाई दुख दिएको आरोप लगाए । विदेशी सिनेमामा अश्लिल
दृश्यलाई समेत घुस खाएर पास गर्ने तर नेपाली सिनेमालाई भने घुस खान नपाएपछि
अनावश्यक दुख दिने प्रवृत्ती बढेको छ ।’ गणेशले भने, ‘हामीले निवेदन लेखेर
सबै दृश्य राखी पीजी सर्टिफिकेट दिन आग्रह गर्दा उहाँहरुले हुन्छ भन्नु
भएको थियो । तर आज पुनबिचार गर्न नसक्ने बताउँदा हामी छक्क परेका छौ ।’
यता सेन्सर बोर्डले भने ‘मञ्जरी’लाई एक महिना अघि नै युनिभर्सल सर्टिफिकेट
दिएको बताउँदै निर्णयमा पुनः विचार हुन नसक्ने बताएको छ । ‘मञ्जरी’ युनिट
वैशाख २० गतेको मिति सार्ने पक्षमा नरहेको निर्माता महेश चालिसेले बताए ।
यसैले पनि सेन्सरले पुनबिचार नगरेको खण्डमा ‘मञ्जरी’ युनिटले भन्दै आएका ३
वटा दृश्य काटिने पक्का छ ।
0 comments
तपाईंको प्रतिकृया