मानिसलाई निद्रा पर्नुका फाइदा
- पर्याप्त निद्रा पर्ने मानिसको स्मरण शक्तिमा पनि सुधार हुन्छ । त्यसकारण स्मरण शक्तिमा बढोत्तरी गर्न पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ ।
- कम सुत्ने मानिसमा स्मरण शक्ति कमजोर हुन्छ ।
- पर्याप्त निद्रा लिने मानिसको आयू पनि बढ्ने बताइन्छ । कम निद्रा वा आवश्यकता भन्दा कम निद्रा स्वास्थ्यका लागि हानिकारक हुन्छ । दुइ वर्षअघि भएको एक अन्तराष्ट्रिय अनुसन्धान अनुसार दिनमा ५ घण्टा भन्दा कम सुत्ने मानिस पर्याप्त सुत्ने मानिसभन्दा कम बाँच्छन् ।
- ६ घण्टाभन्दा पनि कम सुत्ने मानिसमा जिउका विभिन्न भागमा पोल्ने तथा सूजन लगायतका समस्या पैदा हुन्छन् । यसले मधुमेह, हृदयाघात तथा छिटै बुढ्यौलीका लक्षण देखिने लगायतका समस्या उत्पन्न गर्छ । पर्याप्त निद्राले मानिसको रक्तचाप सन्तुलित गर्न समेत सघाउ पूराउँछ ।
- खेलाडिका लागि समेत आफ्नो खेलमा सुधार ल्याउन पर्याप्त निद्रा आवश्यक हुन्छ । निद्रापछिको ताजगीमा खेलाडिको स्टामिना बढि हुन्छ ।
- पर्याप्त निद्रा लिने मानिसलाई वजन सन्तुलन राख्न पनि कुनै समस्या हुँदैन ।
- दिमागी शान्ति तथा तनावबाट मुक्तिका लागि समेत पर्याप्त निद्रा आवश्यक हुन्छ ।
- अनुहारमा डण्डीफोर आउने तथा अनुहारको छाला कालो हुने जस्ता समस्या घटाउन समेत पर्याप्त निद्रा आवश्यक हुन्छ ।
0 comments
तपाईंको प्रतिकृया