‘म कुमारी होइन अविवाहित हो ' - सुमिना घिमिरे
झन्डै तीन दर्जन फिल्ममा अभिनय गर्ने क्रममा सुमिनालाई लागेको रहेछ– ‘सोचेअनुसार रोल पाउँदिनँ । आफैं फिल्म बनाए मात्रै हो । मेरै लागि भनेर फिल्म बनाउने त कोही हुँदैन नि । अहिलेलाई जुनसुकै रोल पनि गर्छु । पछि फिल्म पनि बनाइएला, डाइरेक्सन पनि गरिएला । मैले जानेको फिल्ड नै अब यही हो ।’ सुमिना यस्तो पनि सोच्छिन्– ‘यो फिल्ड ग्ल्यामर फिल्ड हो, त्यसैले फिल्ममा ग्ल्यामर त हुनै पर्छ ।
तर केही फिल्ममा भल्गारिटी देखियो । एक दुईवटा फिल्म भल्गर भए पनि चल्यो ।
त्यसमा स्क्रिप्ट पनि त राम्रो थियो । तर
यहाँ त भल्गरमाथि भल्गर फिल्म बन्न थाले । कसैकसैले आफैंलाई रातारात हिट
बनाउन गर्नै नहुने एक्सपोज पनि गरिदिए । भल्गारिटीकै लागि बनेका फिल्मचाहिँ
चल्दैनन्, चलेनन् पनि ।’ त्यसो त सुमिनालाई ग्ल्यामर र देह प्रदर्शनका लागि पछिल्लो पुस्ताकी उदार नायिका पनि भनिन्छ । उनीचाहिँ भन्छिन्– ‘म एक्सपोज गर्दिनँ भन्दिनँ । सारी लाउँदा पनि एक्सपोज गरे लाग्न सक्छ । मैले जति एक्सपोज गरेकी छु, क्योरेक्टरअनुसार गरेको छु । तर अपच हुने खालको एक्सपोज गरेको छैन र गर्दिनँ पनि ।’
फिल्म क्षेत्रमा भोटो फटाउने कतिपयलाई अहिले पनि दुई छाक
टार्न मुस्किल छ । यी लमजुङे युवतीले भने फिल्ममा काम गर्न थालेको तीनै
वर्षमा शंखमूलमा ७छ लाख रुपियाँ मूल्यको घर जोडेकी छिन्, कसरी सम्भव भयो यो ? ‘यो घर मैले मात्र किनेको होइन, दादा, बाबा, ममी, दिदी र मैले फिल्ममा काम गरेर पाएको लगानी छ यसमा छ । फाइनान्सको सहयोग पनि लिएका छौं’, सुमिना अलिकति सन्किइन्– ‘बाहिरी मान्छे कसैको लगानी छैन । यदि कसैले भएको प्रमाणित गरिदिए फिल्म लाइन नै छोडिदिन्छु ।’
केही अगाडि मात्र उनी निर्माता रमेश संवेदनाका साथ मलेसिया
गएपछि गसिप गर्ल पनि बनिन् । कामनाले यसलाई पनि प्रश्न बनायो । उनले चाहिँ
जवाफ दिइन्– ‘विश्वास
गर्नुस् डेटिङमा गएको होइन । पासपोर्टमा विभिन्न देशको भिसा देखियोस् र
आफूले खेलेको फिल्मको प्रमोसन पनि होस् भनेर उहाँसँग मलेसिया गएको हुँ ।
उहाँ प्रड्युसर म नायिका हाम्रो रिलेसन त्यति हो ।’ उनको बारेमा अर्को गसिप पनि छ– सुमिनाले पहिले नै बिहे गरिसकिन् रे ? सुमिनाले भने यसलाई पनि अस्वीकार गरिन् । भनिन्– ‘यो हुँदै नभएको मलाई टेन्सन हुन्छ । म अविवाहित हुँ । बिहे भए त प्रमाण पनि हुन्छ नि ।’ उनी फेरि उत्तेजित भइन्– ‘आज बिहे भइसक्यो भन्लान् भोलि ल सुमिनाको बच्चा जन्मियो भन्लान् रे । यस्तो भन्नेहरूको मुख कसले थुन्ने ?’ फेरि जिस्क्याउँदै अविवाहित कि कुमारी भन्नासाथ उनी मज्जाले हाँसिन् अनि भनिन्– ‘म कुमारी होइन अविवाहित हो । अविवाहित भनौं न कुमारी किन भन्ने होइन ?’
0 comments
तपाईंको प्रतिकृया