उज्यालो बनि बल्नु  तिमि निरन्तर
पुरानो सोच लाई बदल्नु तिमि  निरन्तर
शोषण अन्याय र अशान्ति को बाटो मा
तिमी बारुद चलाउनु तिमि  निरन्तर
भोका बस्ती र  झुप्राहरुमा
अन्न बनि फल्नु तिमि  निरन्तर
जत्रै बिशाल आँधीहुरी आओस
तिमी पहाड बनि छल्नु त्यसलाई निरन्तर
नया बिचार नया जमाना
थोत्रा बिचार लाई ढाल्नु निरन्तर तिमि
अविरल यात्रा कामना मेरो तिमि संग
शान्ति र  न्याय  को  बाटो मल्नु निरन्तर

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World