प्रेम मनको शान्ती हो ,बिना उद्देश्य,बिना
प्रतिफलको आशामा गरिने निस्वार्थ लगानी हो।प्रेम
१सिक्काको २ पाठा हो,समुन्द्रको दुइ किनार हो,आकास र धर्ती बिचको गुरुता आकारशन
गर्ने शक्ति हो,अद्रिस्य मिलन
पनि हो,पानी र आगो पनि हो। प्रेम – “आत्मा आत्मा बिच सामिप्यता हुनुका साथै
प्राणी मष्तिस्कमा सुसुप्त अवस्थामा रहेको अद्रिश्य शक्ती हो”। जस्लाई
समय,परिस्थिती र आवश्यकता अनुसार फरक-फरक सन्दर्भ र बिषयहरुमा फरक-फरक ढंगले
अभिब्यक्त गरिन्छ ।कोहि भन्छन् दुई मुटुको ढुक-ढुकी हो माया कोहि
भन्छन् निको नहुने ब्यथा हो माया माया त मायानै हुन्छ चोखो र बिटुलो हुदैन माया
मुटुमै बाँच्छ सधैँ माया नाफा र घाटा क्यै हुन्न माया परेली भित्रै बस्छ माया टाढा
र नजिक हुदैन माया पीडा र खुशी दुबैमा रुन्छ पराईको कहिले हुदैन माया सधैँ
अभावै-अभाव र कहिले आशै-आशा हो माया कहिले जीवन काट्ने प्रेमको पबित्र ग्रन्थ हो
माया जे
होस्, कुरा प्रेमको हो, कुरा आकर्षणको हो, कुरा समर्पणको हो। संसारमा सबभन्दा बढी परिभाषा गरेर पनि परिभाषित हुन नसकेको शब्द
सायद ‘प्रेम’ होला। प्रेमको सार कुनै कुराप्रतिको आकर्षण मात्रै हो कि अरू केही पनि
हो, यो प्रश्न धेरै जटिल छ मेरो लागि। प्रेम मानिस-मानिसको बीचमा मात्र नभएर जन्तु
जनावर बीचमा रहेको देखिन्छ। तपाईँ कुकुरलाई औधि माया गर्न सक्नुहुन्छ, बिरालो
तपाईँको प्रिय रहेको होला, वा तपाईँको घरमा सुगा, मैना वा कुनै सुन्दर चरा होलान्।
सन्तान प्रेम, मातृपितृ प्रेम, सखा प्रेम, दाम्पत्य प्रेम आदि। दाम्पत्य प्रेमभित्र
मैले युवा-युवती वा पुरुष र स्त्रीबीच हुने विपरित लिङ्गी आकर्षणलाई राख्न खोजेको
छु।हाम्रो उत्पत्ति हाम्रा बा-आमाबीचको प्रेमको परिणाम हो भनेर कविले स्वीकारेका
छन्। सन्तान उत्पादन एउटा ठूलो कर्म हो र त्यो प्रेमविना सम्भव छैन भन्ने यी दुई
हरफको सार हो जस्तो लाग्छ मलाई। जब सन्तान उत्पादन सबैले गर्छन् भने प्रेम पनि
सबैले गरेकै होलान् भन्नुपर्यो। तर सबै प्रेमहरू सन्तान उत्पादनमै गएर टुङ्गिने
चाहिँ होइनन्। त्यसैले सन्तान उत्पादनभन्दा पनि बढी अरू नै केही हुन्छ कि जस्तो
लाग्छ मलाई प्रेम भन्ने शब्दभित्र।मैले
जति पनि प्रेमका प्रसङ्गहरू देखे पढेको छु, त्यो आफ्नो लागि भन्दा पनि आफ्ना
प्रेमी प्रेमिकाका लागि बढी बाँचेको देखेको छु। त्यो किन हो म व्याख्या गर्न
सक्दिन। धेरै दृष्टान्त छन् प्रेमका लागि जीवन अर्पण गरेका कैयौँ घटना हाम्रा समाज,
परिवारमा घटिरहेकै छन् सुन्दा मुटु चसक्क हुन्छ, आँखा अलिकति रसाउँछ। बस् हामी फेरि
आफ्नो सांसारिक जीवनमा फर्किहाल्छौँ। आफूले रोजेको केटा वा केटीसँग विवाह गर्न
नपाउँदा आत्महत्या गरेका घटनाहरू बेलाबेलामा सुन्नमा आइरहन्छन् घरपरिवारले अस्वीकार
गरेको खण्डमा घरपरिवार नै त्यागेका कुरा पनि यत्रतत्र देखिन्छन्। यस्ता
धेरै प्रेम कहानीहरू छन्। जस्तो कि लैला-मजनु, रोमियो-जुलियट, मुना-मदन, हीर-राँझा,
नल-दमयन्ती, सावित्री-सत्यवान आदि। नल-दमयन्ती र सावित्री-सत्यवानका कथाहरू
वियोगपछि संयोगमा टुङ्गिएका छन्। ताजमहल प्रेमको तीर्थस्थल बनेर उभिरहेकै छ। तर पनि
मेरो तिर्सना जस्ताको तस्तै छ – प्रेमको बारेमा मेरो मनमा उब्जेको जिज्ञासा जस्ताको
तस्तै छ। प्रेमको साश्वततालाई मृत्युले पुष्टि गर्छ कि जीवनले? प्रेम आदिसत्य हो कि
अन्तिम सत्य हो? कि प्रेम, माया जस्ता कुरा प्राणीहरूलाई संसारमा अल्मल्याउने एउटा
भ्रम मात्र हो? अद्वैत वेदान्तीहरूलाई सोध्दा ‘हो’ भन्लान्। तर सबै मानिस अद्वैत
वेदान्ती हुन पनि सक्दैनन्। सबै वेदान्ती भए यो सृष्टि यहाँसम्म आइपुग्ने पनि थिएन।
अनि यो प्रश्न पनि ‘प्रश्न’ हुँदैनथ्यो होला। गन्थन जति गरे पनि म घुम्दै फिर्दै
फेरि प्रारम्भमै पुगेको छु। प्रश्नहरूको ‘कुचक्र’ मा घुमिरहेको
छु। प्रेम
भनेको चाही माया हो जुन निस्वार्थ हुन्छ यसले धन, जात, पढाई. जस्ता मानिसमा हुने
क्षनिक वेबस्थालाइ बेवास्था गर्छ. यो निश्छल हुन्छ यसले आफ़्नो प्रेमी लाई जे पनि
गर्न सक्छ. र आफ़्नो प्रेमीलाई लाग्ने जे कुरा गर्दा पनि स्वीकार्य हुन्छ: यो सबै
भन्दा माथि हुन्छ, सच्चा प्रेम क्षनिक नभई जुनी जूनी को हुन्छ, प्रेम जति टाढा
भएपनि गाडा हुन्छ.मानिसहरूमा
आफ्नो स्वार्थअनुसारको प्रेमयोग्य ‘वस्तु’ फेलापर्ने बित्तिकै आफ्नो परिवारलाई
चटक्क छाडिदिने प्रवृत्ति हुन्छ, प्रेम
शान्ती,स्थिरता,मेलमिलाप,सद्भभाब,प्रगती र निर्माणको जग हो प्रेम नभए बिनास र
मृत्यु हाबी हुन्छ , जुन समाज र प्राणीको प्रमुख शत्रु हो
0 comments
तपाईंको प्रतिकृया