संधै ख़ुशी हुनको लागी सकारात्मक सोच राख्नुहोस..


                      म कुनै चिज वा  बस्तु  आफ्नै आँखाले मात्र होइन, अरूको आँखाबाट पनि हेर्न खोज्छु तर  अरूको आँखाबाट आफूलाई हेर्दा म देख्छु अनि मैले पनि धेरै गल्ती गरेको छु । आफूबाट भएका गल्ती महसुस गर्छु र सुधार्न खोज्छु  स्वस्थ र ख़ुशी जीवनको लागी एक मात्र मंत्र सकारात्मक सोचले सृजनात्मक बिचार लाई जन्म दिन्छ।  
              कुनैपनी सानो सफलताको बिचारले मनमा उमंग र स्फूर्तिको सचार हुन्छ। तनाव र मानसिक समस्या आउन नदीन यो बिधि राम्रो बिकल्प हो।खुशहाल र ऊर्जावान भइन्छ। अरुको लागी उदाहरण बनिन्छ। आफ्नो लक्ष्यमा मात्र ध्यान केंद्रित हुन्छ। आत्मविश्वास र डरको भावना हराउछ। भरपूर तरिकाले नया कामगर्न मन लाग्छ र सजिलै सफल होइन्छ, सकारात्मक सोचले अप्ठ्यारो परिस्थितिलाइ सजिलै सामना गर्न सकिंछ। एकआपसमा विश्वास र आपसी समझदारीको जन्म हुन्छ। ख़ुशी हुंदा नया र सृजनात्मक काम गर्न जागर आउछ, तनाब नभए पछि ब्याबस्थित होइन्छ। नकारात्मक सोचका कारण स्वास्थ्यमा नराम्रो असर हुन्छ। तनावले कपाल झर्ने, पेट खराब हुने , अनुहार नराम्रो हुने जस्ता अनेकौ समस्या हुन्छन। सकारात्मक सोचले अनुहार संधै हशिलो हुन्छ। मैले पुराना गल्ती सुधारेँ भनेमात्र मलाई नयाँ काम गर्न सजिलो हुन्छ । हुन त काम गर्दा समस्या आउँछन्, तर समस्याको मूल्याङ्कन र उचित व्यवस्था गरी जीवनलाई सार्थक पनि बनाउन सकिन्छ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World