मोदि भ्रमणका लागी सिंगारीयो काठमाडौँ




काठमाडौं, श्रावण १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार नेपाल भ्रमणमा आउने भएकाले काठमाडौमा उनको स्वागतका लागि भब्य तयारी गरिएको छ । नयाँ बानेश्वरलगायतका स्थानहरुमा स्वागतद्धारहरु निर्माण भइरहेका छन् भने शहरका चोकहरुमा नेपाल र भारतका झण्डाहरु फहराइएका छन् ।

मोदीको स्वागतमा मुख्य स्थानहरुमा ब्यानरहरु पनि राखिएका छन् । अरु बेला बुङबुङ धुलो उड्ने सडकहरुमा धुलो तान्ने मेसिन समेतको प्रयोग गरी सफा गरिदैछ । तीन महिना अगाडि पीच गरिएको लाजिम्पाट नारायणगोपाल सडक कमसल निर्माण सामाग्री प्रयोगले भत्कन सुरु भएकोमा मोदीकै स्वागतको अबसर पारेर टालटुल गरिएको छ ।


माईतीघर नयाँबानेश्वर सडक लामो समय हुँदा पनि निर्माण पुरा नभएकोमा मोदीमै भ्रमण अवसरमा निर्माण कार्यमा तीब्रता दिइएको छ । सो क्षेत्रमा फूल रोप्ने, सडक पेटी बनाउने र सरसफाई गर्ने कार्य गर्न सयौं मजदुर खटिएका छन् ।
मोदीले सम्बोधन गर्ने संविधानसभा भवनमा नेपाल र भारतका झण्डाहरु फहराउनुका साथै ध्वजापताकाले सिंगारिएको छ । राजधानीमा सुरक्षा बन्दोबस्ती मिलाउन सडकमा सुरक्षाकर्मीहरु पनि बाक्लै संख्यामा परिचालन गरिएको देखिएको छ ।


0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World