कतारमा टेरियालाइ सम्मान




नेपाल प्रवासी मगर संघ दोहा कतारले सास क्रियसनको प्रयासमा अन्तर्राष्ट्रिय कलाकार मञ्च कतारको आयोजनामा भएको मेघा कन्सर्ट २०१४ को लागी आउनुभएकी डि आई डी लिटल मास्टर्स सिजन ३ की विजेता टेरिया मगरलाई होराईजन होटलको पार्टी हलमा २०१४ जुलाई ३० का दिन सम्मान गरिएको छ ।

उहाँले आफ्नो नृत्य कला परिस्कृत गर्दै प्रस्तुत गर्ने क्रममा भारतीय चर्चित टेलिभिजन च्यानल जि.टि.भि. द्धारा आयोजित बिश्व प्रख्यात नृत्य प्रतियोगिता डि आई डी लिटल मास्टर्स सिजन ३ मा झण्डै ४ लाख सहभागी माझ भएको प्रतिष्पर्धीमा अघी बढ्दै २०१४ जुन २१ को ग्राण्ड फिनालेमा बिजेता हासिल गर्नुभई मगर मात्र नभई सम्पुर्ण नेपाल र नेपालीलाई बिश्वसामु शान बढाउन सफल हुनुभएकोमा संघले उहाँलाई स-गौरव हार्दिक बधाईका साथ स-सम्मान सहित खादा र उहाँको फोटो अंकित मायाको चिनो प्रदान गर्दै सम्मान-पत्रका साथमा सम्मान गरिएको थियो ।



संयुक्त रुपमा सम्मान गरिएको उक्त कार्यक्रममा अन्य संस्थाहरुमा अन्तर्राष्ट्रिय कलाकार मञ्च, नेपाली कला केन्द्र,प्रवासी सांगितीक समुह, महिला समाज, समाज सेवा अभियान रुपन्देही, तमु समाज, किराँत राई यायोक्खा, गुल्मी सेवा समाज,पाल्पाली सेवा समाज, ओखलढुंगा सेवा समाज थिए । साथै उक्त कार्यक्रममा ठुलो लुम्पेक गुल्मी परिवार, लगायत बिभिन्न ब्यक्तीहरुद्वारा मायाको चिनो प्रदान गरिएको थियो । 

उक्त कार्यक्रममा बक्ताहरुद्धारा उहाँको साँस्कृतिक क्षेत्रको यात्राको वर्णन गर्दै उहाँलाई अझ प्रगतीको लागि शुभकामना दिएका थिए।
कार्यक्रमको मन्तव्यको शिलशिलामा टेरियाकी आमा अनिता फौजा मगरले टेरियालाई आफुले जन्म दिए पनि अहिले समस्त नेपालीहरुको छोरी भएको बताउनुभएको थियो!



सम्मान ग्रहण गर्दै टेरिया मगरले समस्त नेपालीहरुको माया अनी सहयोगले यहाँ सम्म आइपुगेको बताउनु हुँदै धन्यवादको साथमा सधैं मायाको अपेक्षा सहित अनुरोध पनि गर्नुभएको थियो । उक्त कार्यक्रम मगर संघ लगायत अन्य बिभिन्न संघ संस्थाका ब्यक्तिहरुको ब्यापक सहभागिता बिच सम्पन्न भएको थियो ।

उहाँ लगायत अन्य कलाकारहरुको प्रस्तुती हेर्नको लागि सत्र हजारको क्षमता रहेको ग्राण्ड हल भरिभराउ रहेको थियो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World