फोली हत्याले विश्व स्तब्ध: ओबामा

हत्या गरिएका पत्रकार जेम्स फोलीका आमाबुवाले त्यसबारेको भिडियो नहेरेको बताएका छन्

अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी पत्रकार जेम्स फोलीको विभत्स ढंगले हत्या गरिनु पुरा विश्वको विवेकलाई नै प्रहार गर्ने हिसांत्मक घटना भएको बताएका छन्।
उनले फोलीको हत्याको भिडियो बनाउने इस्लामीक स्टेट समूहलाई क्यान्सरसँग तुलना गर्दै उसले भ्रष्ट सिद्धान्त अँगालेको बताए।

संयुक्त राष्ट्रसंघ, ब्रिटेन लगायतले उक्त कदम प्रति घृणा व्यक्त गरेका छन्।
यसैबिच अमेरिकी विशेष फौजले पत्रकार फोली सहित सिरियामा बन्धक बनाइएका अन्य अमेरिकी नागरीकहरुको रिहाईको लागी प्रयास गरेको पेन्टागनले खुलासा गरेको छ।

आक्रोशीत

निराश मुद्रामा देखिएका राष्ट्रपति ओबामाले २१ औँ शताब्दीमा इस्लामिक स्टेट विद्रोहीहरुलाई कुनै ठाउँ नरहेको बताए।उनले ध्वस भन्दा निर्माणमा जोड दिने जेम्स फोलीहरु जस्ताकै जीत भविष्यमा हुने धारणा पनि राखेका छन्।

अमेरिकी जनताको सुरक्षामा कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता जनाउँदै राष्ट्रपति ओबामाले भने, “हामी अथक रुपमा सतर्क रहिरहनेछौं जहाँसुकै कुनै अमेरिकीलाई हानी पुर्याइयो भने हामी न्याय दिलाउन आवश्यक सबै काम गर्नेछौं।”

अमेरिकी रक्षा निकाय पेन्टागनका एक जना प्रवक्ताले यस बर्षको सुरुमा हवाई र स्थल मार्गबाट फोली सहितका बन्धकलाई खोज्ने प्रयास गरिए पनि उनीहरुलाई लुकाइएको स्थान पत्ता लगाउन नसकिको बताए।

अनुसन्धान



इस्लामीक स्टेट संगठनले अमेरिकीलाई सन्देश शिर्षक दिएर तयार पारेको एउटा भिडीयोमा जेम्स फोली भनेर परिचय दिएको एउटा व्यक्ती पहेँलो पोशाक लगाएर मरुभूमी जस्तो देखिने स्थानमा घुँडा टेकिरहेको र उसको पछाडी कालो पोशाक लगाएको एउटा शसस्त्र मानिस देखाइएको थियो।
मारिनु अघि परिवारलाई सन्देश दिदैँ उनले हत्याको इराकमा आइएस समूह विरुद्ध गरिएको अमेरिकी कार्वाही जिम्वेवार रहेको बताएको भिडियोमा देखाइएको छ।

ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरोनले भिडियोमा देखाइएको जेम्स फोलीको घाँटी रेट्ने मानिस बृटिश नागरिक हुनसक्ने सम्भवना बढी देखिदैँ गएको बताएका छन्।

मास्क लगाएर अंग्रेजी लवजमा बोल्ने उक्त व्यक्तिको परिचय खोज्ने प्रयास ब्रिटिश गुप्तचरहरुले गरिरहेका छन्।
प्रधानमन्त्री क्यामरनले इराक र सिरियाका लडाँइमा धेरै वृटिश नागरीक खटिएको भन्दै त्यसलाई रोक्न आफ्नो प्रयास दुई गुणा बढाउने बताए।

गौरव
फोलीकी आमा डियानले सिरियाली जनताको कष्टको बारेमा संसारलाई जानकारी गराउँदा गराउँदै आफ्नो छोराले ज्यान दिएको बताइन्।

फोली परिवारले आफ्नो ४० बर्षे छोराको हत्या गरिएको उक्त भिडियो हेरेको छैन् तर जेम्सका पिता जनले आफ्नो छोरालाई जसरी मारियो त्यसले आफू मर्माहत भएको बताए।
उनका मातापिताले भनेका छन्, “जेम जस्ता असल मान्छेको यस्तो नियती हुन्छ भने के ठान्ने? संसारमा यति धेरै दुष्टता छ त्यही भएर हामीले प्रार्थना गर्नुपर्छ।”

फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलान्द र संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले उक्त हत्याको भत्सर्ना गरेका छन्।
-BBC

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World