श्री र स्वेताको रोमान्स "कोहिनुर" मा
'कहाँ भेटिएला' जस्तो सफल फिल्म निर्माण गरेका अभिनेता श्रीकृष्ण श्रेष्ठको नयाँ फील्म‘कोहिनूर’का दुई गीत एक साथ सार्वजनिक भएको छ ।
दुबै गीतमा श्रीकृष्णसहित स्वेता खड्का फिचरिङ छन् ।
शम्भूजीत बाँस्कोटाको संगीत रहेको नेपाली गीत 'के म तिम्रो हैन र' मा अभिजित र साधना सरगमको स्वर रहेको छ भने हिन्दी भर्सनको गीत 'सलाम लिजिए'मा उदित नारायण झा र सोनु कक्करको स्वर रहेको छ । दुबै गीतका करियोग्राफर बसन्त श्रेष्ठ हुन् ।
श्रावण २३ रिलिज हुने यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । आकाशले 'काठमाण्डू' पछि 'कोहिनूर' निर्देशन गरेका हुन् ।भारत र नेपालमा सुटिङ गरिएको यो फिल्म लाई राजुबिक्रम थापाले खिचेका हुन् ।
आकाश अधिकारीकै कथा रहेको यो फिल्मले मुम्बईमा बेचिए की नेपाली चेलीको कथा भन्छ ।

0 comments
तपाईंको प्रतिकृया