एस एस पी रमेश खरेललाइ कार्वाहिको सिफारिस
२१ जेठ, काठमाडौं ।वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश खरेललाई छानविन गर्न समितिल कारबाहीको सिफारिस गरेको छ ।
प्रमाणविनै प्रहरी संगठनको अनुशासनविपरी सार्वजनिक रुपमा वक्तव्य दिएको भन्दै उनलाई कारबाहीका लागि सिफारिस भएको हो ।
प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वको छानविन समितिले सोमबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रतिवेदन बुझाउँदै खरेलको गल्ती देखाइएको नयाँ पत्रिकामा खबर छ ।
एआइजीमा बढुवा हुन डिआइजीहरु व्रिफकेश बोकेर नेताहरुको घरघरमा पुगेको भन्दै खरेलले विवादास्पद अभिव्यक्ती दिएका थिए । विनाप्रमाण त्यसरी प्रहरी संगठनको प्रतिष्ठामा आँच आउने
गरी अभिव्यक्ति दिएको निष्र्कष छानबिन समितिको छ ।
खरेललार्इ गम्भीर नभर्इ सामान्य कारबाही गर्न सिफारिस भएको स्रोतले बताएको छ !रेर्कडमा नजनिने गरी खरेललार्इ
सचेतसम्मको कारबाही गर्न सिफारिस भएको छानविन समितिका एक अधिकारीले बताए ।
भिडियो हेर्न तलको बक्समा क्लिक गर्नुहोस
|
'' Download |

0 comments
तपाईंको प्रतिकृया