एसएलसी नतिजा सार्वजनिक, ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण

यसवर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यलय सानो ठिमीले शुक्रबार अपरान्ह नतिजा सार्वजनिक गरेको हो। यसपटक ४३ दशलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

बोर्डमा परीक्ष नियन्त्रक, शिक्षा विभागका महानिर्देशकलगायतका पदाधिकारीहरु रहेका छन्। नतिजा सुन्न र हेर्नका लागि परीक्षा नियन्त्रकको कार्यलय सानो ठिमीमा अहिले देखि नै ठूलो भीड लागेको छ।
विशिष्ट श्रेणीतर्फ १८ हजार १ सय १० उतीर्ण भएका छन् जसमा छात्र १० हजार ९ सय ८७ र छात्रातर्फ ७ हजार १ सय २३ विद्यार्थी उतीर्ण भएका छन्।
यसैगरी प्रथम श्रेणीतर्फ ८३ हजार ६ सय ३७ उतीर्ण भएका छन्। जसमा छात्र ४८ हजार ३ सय ३६ र छात्रा ३५ हजार ३ सय १ पास भएका छन्।
यस्तै दोस्रो श्रेणीतर्फ ६७ हजार ९ सय ४२ उतीर्ण भएका छन् जसमा छात्र ३७ हजार ३ सय ९२ र छात्रा ३० हजार ५ सय ५० पास भएका छन्।
त्यस्तै तेस्रो श्रेणीतर्फ ३७ हजार ४७ विद्यार्थी उतीर्ण भएका छन् जसमा छात्र २० हजार ६२ र छात्रा १६ हजार ८५ उतीर्ण भएका छन्। सास गत वर्षको एसएलसी परीणामा ४१.५७ प्रतिशत विद्यार्थी पास भएका थिए। यस वर्ष २.३५ प्रतिशत बढी विद्यार्थी पास भएको परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले जानकारी दिएको छ।
एसएलसीको परिणाम परीक्षा नियन्त्रणको कार्यालय सानोठिमीको आधारिकारिक वेबसाइट 
www.soce.gov.np , नेपाल सरकार शिक्षा मन्त्रालय तथा शिक्षा विभाग 
www.moe.gov.np, 
www.doe.gov.np  तथा नेपाल टेलिकमको आधिकारिक 
www.slc.ntc.net.np  
मा हेर्न सकिनेछ। यसका साथै नेपाल टेलकमको ल्याण्डलाइन फोनमा १६०० सय डायल गरी एसएलसीको जानकारी लिन सकिनेछ।
गत चैतमा भएको एसएलसी परीक्षामा मुलुकभरबाट पाँच लाख ६६ हजार ८४ जना परीक्षार्थी सहभागी भएका थिए। जसमध्ये नियमिततर्फ चार लाख १९ हजार तीन सय ५१ जना र आंशिकतर्फ एक लाख ४६ हजार सात सय ३३ जना परीक्षा दिएका थिए। 
उत्तिर्ण प्रतिशत
छात्र
छात्रा
 कुल
 ४९.४३ प्रतिशत
३८.२७ प्रतिशत
४३.९२ प्रतिशत
विशिष्ठ श्रेणी
१८ हजार १ सय १०  
छात्र
१० हजार ९ सय ८७ जना
छात्रा
७ हजार १ सय २३
प्रथम श्रेणी
८३ हजार ६ सय ३७
छात्र
४८ हजार ३ सय ३६
छात्रा
३५ हजार ३ सय १
द्धितिय श्रेणी
६७ हजार ९ सय ४२
छात्र
३७ हजार ३ सय ९२
छात्रा
३० हजार ५ सय ५०
तृतियश्रेणी
३७ हजार ४७
छात्र
२ हजार ६२
छात्रा
१६ सय ८५
    

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World