ब्राजिलको शान्दार सुरुवात,मार्सेलोले गरे आत्माघाती गोल
काठमाडौं, जेष्ठ ३० । आयोजक ब्राजिलले विश्वकप फुटबलको २०औं संस्करणमा शानदार सुरुआत गरेको ब्राजिलको पाओलो मा गएराति भएको उद्घ खेलमा ब्राजिलले युरोप प्रतिद्धन्द्धी क्रोएसिया लाई ३–१ ले हरायो ।
भव्य उद्घाटन समारोहपछि भएको खेलको १मिनेटमा ब्राजिलका मार्सेलोले आत्मघाती गोल गरेपछि क्रोएसियाले सुरुवाआती अग्रता लियो । तर २९औं मिनेटमा स्टार नेइमारले आकर्षक गोल गर्दै टोलीलाई खेलमा फर्काए ।
यसपछि दोस्रो हाफको ७१औं मिनेटमा ब्राजिलले एउटा विवादास्पद पेनाल्टी हान्ने अवसर पायो,सोही अवसरको सदुपयोग गर्दै नेइमारले दोस्रो गोल गरेपछि खेलमा ब्राजिल २–१ ले अघि लाग्यो!
इन्जुरी समयमा ओस्कारले एक गोल थप्दै टोलीको १ को जित सुनिश्चित पारे ।यो जितसँगै ब्राजिलले आफ्नै मुलुकमा भएको विश्वकपको उपाधि होडमा ताजा दावेदा गरेको छ । प्रशिक्षक लुइज फिल स्कोलारी को प्रशिक्षणमा ब्राजिलको यो लग १०औँ जित हो ।

0 comments
तपाईंको प्रतिकृया