बिहे भोजबाट फर्केकी बालिका माथी बलात्कार
अछाम :ढकारी-१की १४वर्षीया एक बालिकालाई सोही गाविस -९ का २३ वर्षीय बमबहादुर थापाले बलात्कार गरेका छन्।
थापाले ती बालिकालाई बलात्कार गरेको अरोपसहित थापाविरुद्ध
बालिकाका आफन्तले शुक्रबार प्रहरी चौकी ढकारीमा लिखित
जाहेरी दिएका छन्। बैशाख २७ गते राती यो घटना भए पनि गाउँमै मिलाउने भन्दैस्थानीय दबाबमा गोप्य राखिएको यो अपराधबारे
प्रहरीमा उजुरी परेपछि मात्रै खुलासा भएको हो।
गाउँकै एक बिहेमा भोज खाएर घरतर्फ फर्किरहेको अवस्थामा बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ । जाहेरीलगत्तै आरोपित थापालाई प्रहरीले घरबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय अनुसन्धानका लागि ल्याएको जिल्ला प्रहरी प्रमुख
डिएसपी दिपेन्द्र शाहीले जानकारी दिए।
थापाविरुद्ध प्रहरीले जेठ ९ गते नै जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ भन थापालाई प्रहरी हिरासतमै राखिएको छ आफूसँग
अरु दुई साथीसमेत रहेको र उनीहरू भाग्न सफल भएपछि आफूलाई बलात्कार गरेको ती बालिकाले प्रहरीसमक्ष बयान दिएको प्रहरील जानकारी दिएको छ। थापाले ज्यान लिनेधम्की दिएकोले डरले केही दिन घटना गोप्य राखेको र पछि सहन नसकेपछि आमाबुबालाई भनेको बालिकाले बताइन्।

0 comments
तपाईंको प्रतिकृया