यसरि भयो राजेश हमालको बिहे

आज विहान साढे ११ बजेको साइत पारेरउनीहरुको विवाह भएको हो । जेष्ठ १० - अन्तत राजेश हमाललेविहे गरेका छन् । नेपाली चलचित्रका नायक हमालले धरान सुनसरीकी मधु भट्टराईसँग विवाह गरेका हुन् ।

होटल अन्नपूर्णमा साढे ११ बजेको साइत पारेरउनीहरुको विवाह भएको हो । भट्टराईसँगको धेरै बर्षदेखिको अफेयर आजबाट औपचारिक सम्बन्धमा परिणत भएको हो । बैशाख ३१ गते हमाल ले सञ्चारकर्मीका सामु होटल शंकरमा मधुलाईऔपचारीक रुपमा सार्वजनिक गरेका थिए ।

हमालको विवाह स्थलमा सञ्चारकर्मीलाई छिर्नदिइएको छैन् । सीमित आफन्तहरुको सहभागीतामा विवाह भएको छ ।
व्यक्तिगत रूपमा आफू एउटाले विवाह नगर्दा केही फरक
नपर्ने बताउने महानायक हमालविवाहका बारेमा आम मानिसभन्दा विपरीत धारणा राख्थे । उनी जीवनसाथीप्रति पूर्ण न्यायगर्न नसक्नेहरूको वैवाहिक जीवनका उदाहरण प्रस्तुत गर्थे ।

पुरा भिडियो हेर्न तलको बक्समा क्लिक गर्नु होला





0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World