४३ वटा सिक्री सहित दुइ युवा पक्राउ
३ जेष्ठ, काठमाडौ - ४३ वटा सिक्रीसहित दुईयुवा पक्राउ परेका छन् । सीतापाइलाबाट ठमेलमा सुन ओसार्ने क्रममा प्रहरीले टंकेश्वरबाट दुईजनालाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको सइकृष्णसिंह बोहराको टोलीले रामेछाप घर भइ,गणबहाल बस्ने निकेलबहादुर नगरकोटी र धादिङ घर भइ कालिमाटी बस्ने विनोद कार्कीलाई पक्राउ गरेको हो ।
सुराकीका आधारमा उनीहरुलाई पक्राउगरिएको कालिमाटी प्रहरी बृतले जनाएको छ ।
उनीहरु बा २८ प ८०३९ नम्बरको पल्सरमा थिए । ‘एकचिनियाँले ठमेलसम्म पुर्याउन लगाएको उनीहरुले बताएका छन् ।’ डिएसपी यज्ञबिनोद पोखरेलले भने ‘तर चिनियाँको बारे बिस्तृत जानकारी आउन सकेको छैन। प्राराम्भकि अनुसनधानबाट चीनबाट सो सुन
आएको हो । बरामद गरिएको सुन दुइ करोडबराबरको रहेको छ ।
तस्करीमा सजिलो हुने भएकोले सिक्रि बनाएर ओसारपोसार गरिएको हुन सक्ने प्रहरीको अनुमान छ भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ ।
'' Download |

0 comments
तपाईंको प्रतिकृया