बाघ मार्ने अभियुक्त प्रहरीको खोरमा


काठमाडौ, वैशाख १० -
बाराको रतनपुरी गाविस ९ मा गत वर्ष मंसिरमा बाघ मारेको अभियोग मा फरार रहेका मिनबहादुर पाख्रिन पक्राउ परेका छन्।

हिजो मंगलबार राति ११ बजे बाराको शसस्त्र प्रहरीको टोलीले उनलाई पक्राउ गरेको छ! बारा सनपुरी गाविस ९ लाल गाउँका ४५
बर्ष का पाख्रीन लाई रतनपुरी गाविसमा पक्राउगरेको हो । उनको साथबाट २ थान डेटोनेटर, चक्कु१ थान , २ हजार रुपैया र १ थान मोबाइल बरामद गरिएको छ।

उक्त बाघ मारेको अभियोग मा यस अघि तीन जना लाईपक्राउ गरिएको छ । पाख्रिनलाई विल्ला वन कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी नरबहादुर राउतले बताए।
स्रोत -ई,कान्तीपुर

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World