साझा बसले कमायो ४ करोड्,


बैसाख ११,
एक बर्षमा साझा बसको  ४ करोड कमाई,  २९लाख यात्रु

गत बर्ष २०७० सालको बैसाख१ गतेबाट सञ्चालनमा आएको साझा यातायातले एक वर्षको अवधिमा टिक बिक्री बाट  रुचार करोडभन्दा बढी आम्दानी गरेको छ।

साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेले एक बर्षको अवधि मा साझा बसले टिकट बिक्री बाट रु चार करोड ३४ लाख ३३ हजार ८ सय ७० आम्दानी गरिसकेको जानकारी दिनु भएको हो।
सरकारले निर्धारण गरेको भाडा अनुरुप टिकटको व्यवस्था गरी यात्रु बाट भाडा लिएको साझाले महिला र अपाङ्गआरक्षणको कोटा सुनिश्चित गरी विद्यार्थीका लागि रु १०को टिकट व्यवस्था गरेको छ । एक वर्षको समयमा साझा यातायातमा २९ लाख ८२
हजार ८२३ जना यात्रुले यात्रा गरिसकेका छन्।

भाडाका लागि साझाले रुट र दूरीअनुरुप रु १०, रु १५, रु १७ र रु २० को टिकट निर्धारण गरेको छ।
बिगतमा समय-समयमा बन्द हुँदै तथा संचालन हुँदै आएको साझा यातायात पछिल्लो पटक विसं २०६४ जेठदेखि करिब छ वर्ष बन्द थियो । हाल साझासँग १६ बस छन् । ती बस उपत्यका मा दुई वटा रुट निर्धारण गरी सञ्चालनमा छन् । 

सफा  बस र आराम सँग यात्रा गर्न सकिने भएकालेसाझा यातायात को माग बढेको भए पनि आर्थिक स्रोतको खोजी भइरहेको र स्रोत जुट्ने वित्तिकै काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि पनि बस थपिने साझाले जनाएको छ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World