गाइ र गोरुको विवाह तामझामका साथ

गाई र गोरुको विवाह, त्यो पनि निकै तामझामका साथ । झण्डै
५ हजार मानिसको सहभागिता र १५ लाख रुपैयाँको खर्च ।
भारतको मध्यप्रदेशको इन्दौरमा गंगा नाम गरेको गाई र प्रकाश नाम गरेको गोरुवीच हालै भब्य विवाह भएको छ ।
खेतीलाई प्रकृतिक विपतबाट बचाउन भन्दै गंगाको मालिक गोपाल
पटवारीले विवाह समारोह आयोजना गरेका थिए । गाई रगोरुको
विवाह हिन्दु परम्पराअनुसार गरिएको थियो ।

बेहुलो झैं सिंगारिएको गोरुलाई भब्यबग्गीमा राखेर व्याण्ड बाजासहित
बेहुली गंगाको घरमा ल्याइएको थियो,जहाँ धुमधामसित उनीहरुको बिबाह भयो ।

हिन्दु परम्पराअनुसार मानिसको बिबाह गर्न जे जसतो बिधि अपनाइन्छ ती सवै प्रकृया पुरा गरिएको थियो । प्रकृया 
पुरयाउन पण्डितको पनि ब्यबस्था थियो ।

बेहुलीका मालिक भन्छन –‘प्रकिृतिक विनास तथा भारी 
वर्षा जस्त विपत्तबाट बचाउन गाउँका साधुसन्त र पवित्र पुरुषहरुको सल्लाहम यो विवाह गरिएको हो ।’

बिबाह समारोहमा गाउँका झण्डै ५ हजार मानिस
सहभागी थिए ।
बेहुलीका मालिक भन्छन– गंगा र प्रकाशवीचदाम्पत्य जीवन 
सुरु भएको छ,उनीहरुले राम्रोसँग गृहस्थी चलाउन, बच्चा पाउन 
र सुख जीवन बिताउन भन्ने हाम्रो चाहना छ ।’

गाउँका २५ घर परिवारको आयोजनामा भएको बिबाह
तयारीका लागि करिव दुई महिना लागेको थियो ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World