लुकाउन खोज्दा पनि झरि रह्यो आँसु
आमा म आउन्जेललाई औषधि किनिदिएको छु,
आएपछि बाँकी किनिदिन्छु, औषधि समयमै खानु है’!!
आएपछि बाँकी किनिदिन्छु, औषधि समयमै खानु है’!!
सगरमाथा आरोहणमा निस्कनु अघि संखुवासभाका
आङकाजी शेर्पाले ७६ वर्षीया आमा निमालीलाई यसै
भनेका थिए।
निमालीले आँखाभरि आँसु पार्दै आरोहणको शुभकामना
निमालीले आँखाभरि आँसु पार्दै आरोहणको शुभकामना
दिएर छोरालाई बिदा गरिन्।
रक्तचाप र दमकी बिरामी निमालीलाई के थाहा?
त्यो नै छोराको अन्तिम बिदाइ हो भनेर।
रक्तचाप र दमकी बिरामी निमालीलाई के थाहा?
त्यो नै छोराको अन्तिम बिदाइ हो भनेर।
संखुवासभा सिसुवा-९ का ३७ वर्षीय आङकाजीको
शुक्रबार हिमपहिरोमा परी मृत्युभएपछि निमालीले मन
थाम्न सकेकी छैनन्।
भरसक उनी आँसु देखाउन चाहन्नन्। उनले भनिन्,
‘मृत शरीरमा आँसु पार्नुहुन्न रे। म छोराको मृत
शरीरमा आँसु पार्दिनँ।’ उनले मन थाम्न यसो भन्दै
गर्दा पनि आँसु पुछिन्।
शरीरमा आँसु पार्दिनँ।’ उनले मन थाम्न यसो भन्दै
गर्दा पनि आँसु पुछिन्।
निमालीको अवस्था देखेर उनका ८१ वर्षीय
पति पासाङ बाङचु पनि घरीघरी भाव विह्वल हुन्थे।
आफन्तका माझ पीडा लुकाउन खोजिरहेका थिए
वृद्ध दम्पती। उनीहरूलाई छोरा गुमेको मात्र
पीडा छैन। सोही घटनामा परी नातिनी ज्वाइँ
तेन्जी शेर्पा बेपत्ता छन्।
भोजपुरको कुलुङ हाइस्कुलमा ६ कक्षामा पढ्दै
गर्दा आङकाजीले जीवनसाथी रोजेका थिए, १२
वर्षकै उमेरमा। तर त्यो सम्बन्धले निरन्तरता पाउन
सकेन। तीन छोरा र तीन छोरीलाई जन्म दिएर
आङकाजीकी पत्नीले गाउँकै अर्कै व्यक्तिसँग घरजम
गरिन्।
आङकाजीका ६ छोराछोरी अहिले टुहुरा बनेका छन्
अनि बृद्ध आमाबाबु बेसहारा।
घरमा सधैंभरि आङकाजी पारिवारिक
सुखका कुरा गर्थे।उनी जिस्कँदै भन्थे, ‘छोराछोरी
लाई कान्छी आमा ल्याइदिऊँ कि क्या हो।’ अनि
तुरुन्तै भावुक हुँदै भन्थे, ‘मैले छोराछोरीलाई
दिएको माया बाँड्न चाहन्नँ। मेरो प्रेरणा यिनै
छोराछोरी हुन्।’
दिएको माया बाँड्न चाहन्नँ। मेरो प्रेरणा यिनै
छोराछोरी हुन्।’
बिहीबार बेलुका आङकाजीले जेठी छोरी छेचीलाई
फोन गरेर आफू दोस्रो शिविरमा पुग्न लागेकाले
भगवानसँग प्रार्थना गर्न भनेका थिए। आङकाजीले
नयाँ वर्षको अघिल्लो दिन छोराछोरी र काठमाडौंमा
रहेका साथीभाइलाई शुभकामना दिएका थिए।
छेचीले भनिन्, ‘बाबाले फोन गरेर राम्रोसँग बस्नु,
बाजेबजुको ख्याल गर्नु भन्नुभएको थियो।बाबाको
मृत्युको खबर सपना भइदिए पनि हुन्थ्यो नि।’
उनलाई अब पाँचजना भाइबहिनी तथा हजुरबुवा र
हजुरआमाको रेखदेख गर्ने अभिभारा आएको छ।
‘यो जिम्मेवारी कसरी पूरा गर्ने हो म आफैंलाई
थाहा छैन’, उनले भनिन्।
उनलाई अब पाँचजना भाइबहिनी तथा हजुरबुवा र
हजुरआमाको रेखदेख गर्ने अभिभारा आएको छ।
‘यो जिम्मेवारी कसरी पूरा गर्ने हो म आफैंलाई
थाहा छैन’, उनले भनिन्।
शनिबार अपराह्न बौद्धस्थित शेर्पा गुम्बामा बाबुको शव
कुरिरहेकी छेचीले आफूहरूको भविष्य अन्धकार भएको
बताइन्। उनले भनिन्,‘अब कसरी पढ्ने हो थाहा छैन।’
आठ जनाको परिवार आङकाजीमै आश्रित रहँदै
आएको थियो। वृद्ध अवस्थाका पासाङ र निमालीलाई
६ जना नातिनातिनालाई अब कसरी शिक्षादीक्षा दिने भन्ने
चिन्ताले पिरोलेको छ।
पासाङले भने, ‘छोराकै आयस्रोतले परिवार
पालिएको थियो। अब नातिनातिनाको भविष्यले
पिरोलेको छ।’
आङकाजीकाजेठाछोरातेम्बाकाठमाडौंकोबौद्धस्थित
ठोरी गुम्बामा लामा पढिरहेका छन्। दुई छोरा कपनस्थित
आङकाजीकाजेठाछोरातेम्बाकाठमाडौंकोबौद्धस्थित
ठोरी गुम्बामा लामा पढिरहेका छन्। दुई छोरा कपनस्थित
भृकुटी स्कुलमा अध्ययनरत छन्।
जेठी छोरी छेची र माइली छोरी मिन्जुम कपनकै एक
कलेजमा ११ कक्षा पढिरहेका छन्। कान्छी छोरी आठ
कक्षामा पढ्छिन्।
आङकाजीले यसअघि चारपाँचपटक यस्तै आरोहण
सफलतापूर्वक गरेका थिए।
उनी अनुभवी आरोहीका रूपमा चिनिन्थे।
आङकाजीसँगै आरोहणमा गएका उनकै गाउँका छिदार
शेर्पाले प्राकृतिक विपत्तिका कारण आङकाजी सहित साथी
हरूले ज्यान गुमाउनु परेको बताए।
‘हामी सबै क्याम्प-२ तिर जाँदै थियौं।
एक्कासि ठूलो आवाज आयो। पछाडि फर्किंदा धेरै
साथीलाई हिमपहिरोले बगाइरहेको थियो’,
छिदारले भने, ‘उनीहरूलाई जोगाउने उपाय थिएन।
हामीले साथी बगेको हेरिरह्यौं।’ उनका अनुसार
करिब एक सयजना शेर्पा क्याम्प-२ तिर गएका थिए।
हिमपहिरोमा परी मृत्यु भएकामध्ये संखुवा सभाका
आङकाजी र फुर्तेम्बा शेर्पा,
सोलुखुम्बुका फुर्वा बाङदेल र निमा शेर्पाको शव
बौद्धस्थित शेर्पा गुम्बामा राखिएको छ।
सोलुखुम्बुका फुर्वा बाङदेल र निमा शेर्पाको शव
बौद्धस्थित शेर्पा गुम्बामा राखिएको छ।

0 comments
तपाईंको प्रतिकृया