पेरिसलाई मानिसहरु रोमान्टिक
शहरका रुपमा पनि चिन्छन् । त्यहाँको सेन
नदीमा एक पुल छ, जहाँ प्रेम जोडीहरु
तालामा आफ्नो नाम लेखेर साँचो नदीमा फल्छन् ।
हरेक तालामा प्रेमको एक कहानी हुन्छ, तर, अहिलेसम्म
कसैलाई थाहा छैन कि यसको सुरुवात कसले र
कसरी गर्यो । केही मानिस यसको सुरुवात रुसबाट
भयो भन्ने मान्छन् भने कोही इटलीबाट । तर, जब
विश्वभरका जो कोही पेरिस पुग्छन्,
आफ्नो प्रेमको निसानी ताला झुण्ड्याउन
छुटाउँदैनन् ।
पेरिसको पोन्ट डेस आर्ट बि्रजको रेलिङमा सानो ठूलो विभिन्न आकार र विभिन्न रंगका हजारौं तालामा प्रेमको
युगल जोडीहरु देखिन्छन । यद्यपि पेरिसमा सबै यसलाई
समर्थन गर्दैनन् । केही मानिस शहरको विरासतलाई
बचाउन पनि अब यसमा रोक लगाउनु पर्ने माग गरिरहेका
ताला लगाउनेहरु आफूलाई भाग्यमानी ठान्छन् भने
आलोचकहरु तालाको तौल बढेर कैयौं टन भएको तर्क
गर्छन् ।
उसो त एकपटक पुलमा लगाइएको ताला नहटाइएको पनि
होइन ।
तर, केही दिनमै पहिलेको जस्तै भयो ।
पेरिसको अलावा डबलिन, रोम र बिरटेनको बेलफास्टमा
पनि यस्तै पुल छन, जहाँ प्रेम जोडीहरु ताला लगाउँछन् ।
0 comments
तपाईंको प्रतिकृया