रंग पत्रकार प्रणप सुबेदीले बनाउने भए चलचित्र 'साईको' / निकालिए संयम , किशोरको ईन्ट्रि
बलामी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र "साईको" को लागी नायकको फेरबदल भएको छ । यस चलचित्रका लागि पहिले नायक संयम पुरीलाई फिक्स गरिएको थियो तर अग्रिमेन्ट गर्नको लागि निर्माण पक्षले पटक-पटक उनलाई सम्पर्क गर्दा पनि उनि सम्पर्कमा नआउँदा निर्माण युनिटले नायक किशोर खतियोडा लाई चलचित्रमा अनुबन्धित गरेको छ ।

संयमले चलचित्रमा साथीको कारण र अन्य समस्याहरु देखाउदै निर्देशक बलामीलाई समस्यामा पारिएको र चलचित्र फ्लोरमा जाने दिन नजिक आउँदा सम्म पनि उनले बेवास्था गरेकोले निदेशक बलामीले यो निर्णय लिएको फिल्मी अपडेट संग बताए । "संयमको यस्तो व्यवहारले हामीलाई पछि पनि काम गर्न गाह्रो हुन्छ तेसैले हामीले अर्का नायक राखेका हौ " निर्देशक समिर बलामी ।
संचारकर्मी एबम रंग प्रणप सुबेदीले निर्माण गर्न लागिएको यस चलचित्रलाई बिदेशमा पनि प्रदर्शन गरिने भएको छ । यस चलचित्रमा टंक बुढाथोकीको संगीत, रोशन श्रेष्ठको द्धन्द, कविराज गहतराजको नृत्य, निरज कंडेलको छांयाकन रहने भएको छ । चलचित्र साईको लाई पोखरा लगायत काथमाडौका केहि स्थानमा छायांकन गरिने भएको छ । आगामी मंगलवार बाट चलचित्रको छायांकन शुरु हुने भएको छ भने चलचित्रमा अन्य कलाकारहरुमा मिथीला शर्मा, प्रचात बलामी र डिनेश डिसीको अभिनय रहनेछ । चलचित्रलाई रंग पत्रकारगर्न हुन् ।
filmyupdate.com

0 comments
तपाईंको प्रतिकृया