रुपासँग रोमान्स गर्नमा मस्त दिनेश
रुपासँग रोमान्स गर्नमा मस्त दिनेश
संचारकर्मी दिनेश दुलाल र कलाकार रुपा खनालको रोमान्स चलचित्र ‘राहादानी’मा मजैले चलेको छ । पूर्वका विभिन्न स्थानमा छायांकन सकिएको यो चलचित्रमा दिनेश दुलाल, रुपा खनाल, विनिता घिमिरे, मोनिका दाहाल लगायतका कलाकारको अभिनय छ ।पत्रकार डब्बु क्षेत्रीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रलाई लक्ष्मी ढकालले निर्माण गरेका हुन् । चलचित्र ‘राहादानी’ले विदेशिने नेपालीको कथावस्तुलाई उठान गर्न खोजेको छ । यसअघि ‘काले’ नामक सिनेमामा अभिनय गरेका दिनेशले ‘राहादानी’बाटे धेरै नै अपेक्षा गरेको बताए ।
0 comments
तपाईंको प्रतिकृया