म्यानमारमा पुनः जातीय द्वन्द्वको खतरा
म्यानमारमा पुनः जातीय द्वन्द्वको खतरा
१७ जेठ,
म्यानमारमा मङ्गलबारदेखि सुरु भएको दङ्गाको नियन्त्रणका लागि नयाँ सुरक्षा व्यवस्था लागू गरेको समाचार छ । बिहीबार म्यानमारको सो प्रभावित क्षेत्रमा सैनिक खटाइएको बताइएको छ । हिजोमात्र पनि म्यानमारको सरकारले एक रेडियो सन्देशमार्फत जातीय सद्भाव कायम राख्न समग्र देशवासीहरूमा आग्रह गरेको थियो । तर बिहीबार पनि विभिन्न क्षेत्रमा पुन हिंसा सुरु भएको छ । पूर्वी म्यानमारको लासियो जिल्लामा एकजना बौद्धधर्माबलम्बी महिलामाथि मुस्लिमले आक्रमण गरेपछि सो हिंसा भड्किएको हो । सो क्षेत्रमा बुधबार सो घटना भएको थियो । सरकारले हालैका दिनमा देशमा जातीय द्वन्द्वका कारण देशव्यापी रुपमा ठूलो क्षति भएको भन्दै त्यस्ता क्रियाकलापहरूमा संलग्न नहुन र जातीय सहिष्णुताको सम्मान गर्न समय समयमा गर्दै आएको आग्रहको पनि नागरिकले उल्लंघन गर्ने गरेका छन् ।
बुधबार पनि म्यानमारमा सधैँ जातीय भिडन्त भइरहने पूर्वी क्षेत्रमा केही प्रदर्शनकारीले मुस्लिम जातका नागरिकमाथि आक्रमण गर्ने र बौद्ध गुम्बा जलाउने जस्ता काम गरेको भन्दै त्यस्ता काम तत्कालै बन्द गर्न आग्रह गरेको हो । म्यानमारका अधिकारीहरूले बिहीबार विहानैदेखि ती दङ्गाग्रस्त क्षेत्रमा सैनिक र दङ्गा नियन्त्रक प्रहरी खटाएको बताएको छ । सो क्षेत्रमा आज पनि प्रदर्शन र हुलदङ्गा सुरु भएको समाचारमा जनाइएको छ । बिहीबार पनि बिहानै मुस्लिम र बौद्ध धर्माबलम्बीहरू प्रदर्शनमा उत्रिएका र उनीहरूले एक आपसका नागरिकलाई आक्रमण गरेकाले हिंसा मच्चिनसक्ने अनुमान गरिएको छ । पूर्वी म्यानमारमा विगत लामो समयदेखि नै यस्ता हिंसा हुने गरेका छन् । ती हिंसामा परी दर्जनौँ नागरिकको ज्यान गइसकेको बताइएको छ ।

-एजेन्सी
0 comments
तपाईंको प्रतिकृया