पराइको घुम्टो तिमि, नओडनु है काली !

पराइको घुम्टो तिमि, नओडनु है काली !
भुलेरनी अन्तै नाता , नजोडनु है काली !!

उतार चडाब जिन्दगीको, रित नै हो बुझ !
दुख पर्दा मेरो साथ , नछोडनु है काली !!

भन्ने ले त आकाशको नि,तारा झार्छु भन्छन !
लोभिएर त्यो मन कतै , नमोड़नु है काली !!

सुख दिन नसकेनी , दुख दिने छुइन !
सुख खोजि अन्तै बाली, नगोड़नु है काली !!

युगल जोडी,देख्दा मनमा ,हलचल बड्न सक्छ !
बेहोसी भै सीमारेखा , नतोडनु है काली !!

जिन्दगी यो तिम्रै हातमा,सुम्पिसके मैले !
छल गरेर मेरो भाग्य , नफोड़नु है काली !!
- कृष्ण हरि खड्का

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World