इराकमा बम विष्फोटमा, तीनको मृत्यु ५३ घाइते
२५ वैशाख,
इराकको किर्कुक
शहरमा बुधवार भएका दुईवटा आत्मघाती आक्रमण र एउटा कार बम विस्फोटमा परि तीन
जनाको ज्यान गएको छ भने ५३ जना घाइते भएका छन् । राजधानी बग्दाददेखि २ सय ५० किलोमिटर
उत्तरमा पर्ने किर्कुक सहरमा अवस्थित कुर्दिस सुरक्षाबलको शिविरलाई
लक्ष्यगरी आक्रमण गर्दा कम्तीमा तीन जनको मृत्यु भएको विभिन्न
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेहरू धेरै कुर्दिस
सुरक्षा गार्डहरू रहेका बताइएको छ ।
घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएको
हुनाले मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको प्रहरी जनाएको छ इराकमा
हालैका दिनहरुमा आक्रमणका घटनामा निकै बृद्धि भएको छ । यसअघि गतहप्ता भएको
आक्रमणमा परी एक सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
0 comments
तपाईंको प्रतिकृया