नेपाल यु-१९ एलिटकप क्रिकेटको समूह बिजेता
मलेसियामा जारी
अन्डर १९ एसीसी एलिट कप क्रिकेटमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ ।
मलेसियाको किन्रारा मैदानमा बुधवार भएको खेलमा घरेलु टोली मलेसियालाई
हराउँदै नेपाल समूह बीको विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । मलेसियाले दिएको ७० रनको विजयी लक्ष्यका
साथ मैदान उत्रेको नेपालले २४ दशमलब ४ ओभरमा मात्र ३ विकेट गुमाएर भट्टायो ।
नेपालका लागि हरिशंकर शाहले नटआउट २८ रनको योगदान दिए । यस्तै बिभात्सु
थापाले १७, अमित श्रेष्ठले १०, निश्चल पाण्डेले ७ तथा निर्मल थापाले ३ रन
जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको
मलेसियाले २२ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ६९ रन जोड्यो ।
मलेसियालाई सस्तैमा समेट्न नेपालका लागि अभिनाश कर्णले सर्वाधिक ६ विकेट
लिए । यस्तै कप्तान भुवन कार्कीले २, यज्ञमान कुमाल तथा सुसान्त भारीले
समान एक-एक विकेट लिए । यसअघि नेपालले कुवेत, बहराईन र कतारलाई पनि पराजित
गरेको थियो ।
0 comments
तपाईंको प्रतिकृया