रंगशालामा कलाकार र मोडलको भिडन्त

 बैशाख २५
           बागमती सफाइमा जनचेतना जगाउने उद्देश्यका साथ जेष्ठ ४ गते शनिबार काठमाण्डौको दशरथ रंगशालामा नेपाली सिनेमाका कलाकार र विज्ञापनकर्मी तथा मोडलहरु बिच रोमाञ्चक फुटबल खेल हुने भएको छ ।नेपाल चलचित्र कलाकार संघ र नेपाल विज्ञापन संघको संयुक्त आयोजनामा हुन लागेको फुटबल खेलमा नेपाली सिनेमाका चर्चित कलाकारहरुको सहभागिता रहने बताइएको छ । काठमाण्डौमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा फुटबल खेल आयोजना हुन लागेको जानकारी गराइयो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का, नेपाल विज्ञापन संघका अध्यक्ष राजकुमार भट्टराईले पवित्र कार्यमा साथ दिन सबैलाई आग्रह गरे । फुटबल खेल आयोजना भएको भोलिपल्ट कलाकार तथा विज्ञापनकर्मीहरुले संयुक्त रुपमा काठमाण्डौको पशुपतीनाथ मन्दिर देखि सिनामंगलसम्म वागतमी नदी सरसफाई गर्नेछन् ।
                    दशरथ रंगशालामा प्रवेशका लागि सामान्य तर्फ रु १ सय र भीआइपी प्याराफिट तर्फ रु ३ सय टिकट दर तोकिएको छ । उक्त फुटबल खेलबाट उठेको रकमलाई बागमती सफाई र अन्य पवित्र कार्यमा लगाउने आयोजकको भनाई छ । फुटबल खेलमा नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकार, मोडल, विज्ञापनकर्मीहरुको सहभागिता रहनेछ । फुटबल खेल शनिबार बेलुकी साढे ४ बजेबाट सुरु हुने बताइएको छ । दर्शकका लागि भने रंगशालाको ढोका बेलुकी साढे ३ बजेबाट खुल्नेछ ।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World