५ लाखमा जीवनले सुष्मासँग रोमान्स गर्ने

५ लाखमा जीवनले सुष्मासँग रोमान्स गर्ने
                  अन्ततः नायिका सुष्मा कार्कीसँग नायक जीवन लुइटेलले पर्दामा रोमान्स गर्ने भएका छन् । नायक जीवन लुइटेलले मधुकुमार श्रेष्ठको निर्माणमा तयार हुन लागेको चलचित्र ‘विन्दास २’ मा अभिनयको संझौता गरेका छन् । केही दिन अघि मात्र नायिका कार्कीसँग निर्माणपक्षले संझौता गरेको थियो ।‘विन्दास २’ मा नायकको रुपमा अनुवन्धित भएपछि जीवनले अनलाइनखबरसँग भने, ‘चलचित्रको कथावस्तु मन परेकाले काम गर्न लागेको हुँ ।’ उनले गतबर्षको हिट सिनेमाको सिक्वेल भएकाले पनि आफूलाई सिनेमाप्रति अझै आकर्षण बढेको बताए । ‘विन्दास’मा जस्तो सेक्स र उत्तेजक दृश्य नभई ड्रक्स सम्बन्धी कथावस्तु भएकाले काम गर्न राजी भएको जीवनको भनाई छ ।निर्माता श्रेष्ठले जीवनलाई ५ लाख १ हजारमा संझौता गरिएको दाबी गरेका छन् । राजु गिरीको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा सुशान्त कार्की, नव नायिका अनिशा गुरुङ लगायतका कलाकारले अभिनय गर्ने पक्का भैसकेको छ ।
           चलचित्रमा नायक लुइटेल लागूपदार्थमा फसेर सुध्रेको एक युवाको भूमिकामा देखिनेछन् । जीवनले भने, ‘सिनेमा चलेर मात्र भएन जीवन पनि चल्नु पर्‍यो के गर्नु ?’ चलचित्रको छायांकन जेठ १० गतेबाट सुरु हुनेछ ।
onlinekhabar

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World