‘हो यही माया हो’ खेल्न नपाउँदा रोएकी थिइन् जिया
नायिका जिया केसी चलचित्र ‘हो यही माया हो’ खेल्न नपाउँदा रोएको रहस्य खुलेको छ । चलचित्रका निर्माता सुवास गिरीले जियाको अभिनयमा खासै दम नदेखेपछि उनलाई नलिने निर्णय गरेका थिए । तर निर्देशक दिपक श्रेष्ठले जियालाई सिनेमाका लागि अनुवन्धित गरेको खबर बजारमा चर्चित भैसकेको थियो ।चलचित्रको मुहुर्तमा नायिका केसीको नृत्य हेरेपछि निर्माता गिरीले उनलाई नलिने निर्णय गरेका थिए । ‘बरु संझौता रकम नदिएपनि हुन्छ, म उहाँलाई नलिने सोचाईमा छु’, गिरीले दिपकलाई यसै भनेका थिए ।
सिनेमा नगरीमा डेब्यु गर्न लागेकी जियाका लागि यो खबर पिडादायी हुने पक्का थियो । उनले निर्माता गिरी सामु आफ्नो करिअर फुल्न नपाउँदै डुब्न लागेको भन्दै रोएकी थिइन् । जियालाई लिदाको क्षण संझदै निर्माता गिरीले भने, ‘तर उहाँले सिनेमामा भने नपत्याउने काम गर्नुभयो ।’
जियाको अभिनयले आफूलाई अहिले प्रभावित बनाएको तर्क निर्माता गिरीको छ । जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र अहिले सर्वाधिक चर्चामा छ । जियाका अलवा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना लगायतका कलाकारले अभिनय गरेको ‘हो यही माया हो’ पूर्णतया लभस्टोरी चलचित्र हो । दुई पुस्ता बिच हुने प्रेमकथालाई निक्कै सरल ढंगले प्रस्तुत गरिएकाले पनि दर्शकले मनपराउने विश्वास निर्माता गिरीको छ ।

onlinekhabar
0 comments
तपाईंको प्रतिकृया