किन गुमनाम भएर हराए यीं दल !
वैशाख २० -
सरकारमा सहभागी बन्ने ध्याउन्नमा खुलेका केही मधेशी दलहरु खिलराज रेग्मी
नेतृत्वको चुनावी सरकार गठनसंगै सरकारबाट बाहिरएपछि गुमनाम भएका छन् ।
केही मधेशी दल भने सक्रिय ढंगले पार्टी विस्तार अभियानमा व्यस्त भएको
देखिन्छ ।झलनाथ खनाल र बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बन्ने अवसर पाएका
महेन्द्र यादब र उनको पार्टी तराई मधेश लोकतान्त्रिक पार्टी नेपाल दुई
महिनादेखि गुमनाम छ । १ चैतमा खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठनसंगै सरकारबाट
बाहिरिएपछि यादब पार्टीका कुनै पनि गतिविधिमा संलग्न देखिन्नन् । ललितपुर
कुपण्डोलस्थित पार्टी कार्यालयसमेत करिब दुई महिनादेखि सुनसान छ । यादब
चाँही पार्टीको काम भन्दै गृहजिल्ला सर्लाहीमा छन् तर पार्टीका कुनै पनि
गतिविधिमा संलग्न छैनन् । नत मधेशी अरु पार्टीजस्तो उनी चुनावी गतिविधिमै
व्यस्त भएको देखिन्छ ।
.....................................
गुमनाम पार्टी/नेताहरु
तमलोपा नेपाल : महेन्द्र यादब/दानबहादुर चौधरी
फोरम गणतान्त्रिक : राजकिशोर यादब/अकबाद अहमद शाह
संघीय सद्भावना : अनिल झा/खोभारी राय
राष्ट्रिय सद्भावना : रामनरेश राय/गौरी महतो
चुरे भावर- : बद्री न्यौपाने/केशव मैनाली
नेपाली जनता दल : हरिचरण साह/गायत्री साह
जनता दल (युनाईटेड): विश्वनाथ साह
0 comments
तपाईंको प्रतिकृया