पुरुष को कुन बानीले गर्दा हुन्छन त महिलाहरु भुतुक्कै ?

                
                  महिलालाई खुसी राख्न पुरुषको हाँसो नै पर्याप्त हुने एक अध्ययनले देखाएको छ। महिलाहरू पुरुषको हाँसोबाटै प्रभावित हुने उक्त अध्ययनले दाबी गरेको छ। पुरुषको हाँसोले महिलाहरूले उक्त पुरुषलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने बताइन्छ। अध्ययन-प्रतिवेदनअनुसार जब पुरूषहरू महिलामाथि हावी हुन्छन् तब महिलाले उक्त पुरुषले हाँसेर भनेको कुरालाई सहजै स्वीकार गर्छिन्। यस्तै, अध्ययनले हाँसेर कुनै पुरुषले यौनसम्बन्धी कुनै आपित्तजनक कुरा गरे पनि महिलाले त्यसको बेवास्ता गर्ने गरेको बताएको छ। शरीरको भाषाकी विशेषज्ञ पट्टी बूडका अनुसार महिलाले पुरुषका बारेमा कुनै निर्णय लिनुपर्दा उनीहरूको हाउभाउ बढी ध्यान दिन्छन्। पुरुषले बोलेको कुरा र उसको हाउभाउ मिले नमिलेको हेरेर महिलाले उक्त पुरुषका बारेमा आपmनो धारणा तयार गर्ने बुडले बताइन्। बुडले महिलाहरूलाई पुरुषको मुस्कानबाट बच्न सल्लाह दिएकी छिन्। उनी पुरुषले आफूबाट के चाहेको पहिले त्यसमा विचार पुर्‍याउनुुपर्ने कुरा बताउँछिन्।

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World