'नक्कली 'मिस नेपाल'

'नक्कली 'मिस नेपाल'

            मिस नेपालमा भिड्ने उमेर अभिनेत्री शुभेच्छा थापाको होइन, उनकी छोरीको भएको छ। तर, १६ वर्षे छोरीकी आमा शुभेच्छा अचेल मिस नेपालमा भिडिरहेकी छिन्। उसो त आफूलाई मेन्टेन गरेकै कारण जवान छोरीकी आमा भनेर पत्याउन पनि मुश्किल पर्छ। त्यसैमाथि 'नक्कली मिस नेपाल'मा भिड्ने भएपछि उमेरको हदबन्दी हुने कुरै भएन। आफैँले निर्माण गरेको फिल्म 'दी मिस नेपाल'मा मिस नेपाल बन्न शुभेच्छा कसिएकी हुन्। 
         तर, उनलाई नक्कली मिस नेपाल पनि बन्न नदिन मिस नेपालको सक्कली आयोजक  हिडेन ट्रेजरले दबाब  दिएको छ। फिल्मको कथालाई कुनै हालतमा नचुहाउने योजनासहित सुटिङ भइरहेको फिल्म 'दी मिस नेपाल'मा साँच्चीकैको मिस नेपाल बन्दा चुकाउनुपर्ने मूल्य समेटिन सक्ने डर भयो होला आयोजकलाई। नत्र किन डराउनु? उनले गर्न चाहेको र हुन चाहेको नक्कली मिस नेपाल हो क्यारे!
nagarik 

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World