घाँटी रेटिएको अवस्थामा जीवितै उद्दार

घाँटी रेटिएको अवस्थामा जीवितै उद्दार 
   २ जेठ,
           वीरगञ्ज उपमहानगरपालिकाको छपकैयाँ-१, मा पर्ने भारतीय सीमा नजिक घाँटी रेटिएको अवस्थामा एक ब्यक्ति फेला परेका छन्। उनी गम्भिर घाइते छन्। छपकैयाँस्थित सीमा प्रहरी चौकी नजिकैका सिसिर्या नदीको काठेपुल छेउमा अन्दाजी ४५ वर्षे पुरुष घाँटी रेटिएको अवस्थामा बिहीबार बिहान फेला परेका हुन्।माटो खनिएको 'मटखोना' नजिकै स्थानीय महिलाले उनलाई देखेर सीमामा खटेको शसस्त्र प्रहरी बलको टोलीलाई खबर गरेका थिए। तत्कालै उनलाई उद्धार गरी उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पतालमा प्रहरीले पुर्‍याको थियो। घट्नास्थलमा उद्धार गर्न पुगेको प्रहरी टोलीलाई अचेत अवस्थामै घाइतेले आफ्नो नाम सूर्य मुसहर बताएको पर्सा प्रहरीले जानकारी गराएको छ।

घाँटीको अघिल्लो भागको नशा काटिएर धेरै रगत बगेकाले घाइतेको अवस्था ज्यादै चिन्ताजनक रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अप्रेशन थिएटरबाट निकालेर उनलाई अस्पतालको सर्जिकल वार्डमा भर्ना गरिएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ। घाइतेको ठेगाना र घट्नाको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ।
nagarik 

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World