ग्याँसका दुईथरि सिलिण्डिर असारदेखि
बैशाख २० –
सरकारले आउँदो असार १ गतेदेखि खाना पकाउने ग्याँसको दुई थरि सिलिण्डर लागू गर्ने भएको छ ।असार १ गतेदेखि घरायसी प्रयोजनका लागि
रातो र व्यवसायिक प्रयोजनका लागि नीलो रंगका सिलिण्डर प्रयोगमा ल्याइने
नेपाल आयल निगमले जनाएको छ । यसअघि फागुनदेखि दुईथरी ग्यासको व्यवस्था
लागू गर्ने भनेपनि ब्यवसायीसंग कुरा नमिनेलपछि रोकिएको थियो । तर अहिले
आपूर्ति मन्त्रालय लगायत सरोकारवाला सबै सक्रिय भएकाले दुईथरि ग्याँस
सिलिण्डर लागू गर्ने तयारी गरिएको आयल निगमका प्रवक्ता शिवप्रसाद
पुडासैनीले जानकारी दिनुभयो ।
आयल निगमले सार्वजनिक सूचना निकाली जेठ
मसान्तसम्म आवश्यक प्रक्रिया पूरा गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।
निगमले प्रमाणित बिक्रेतालाई ग्याँस फारम उपलब्ध गराउन र उपभोक्ताको
जानकारीका लागि आफ्ना विक्रेताको नाम ठेगाना सहितको सार्वजनिक सूचना
निकाल्न उद्योगी लाई आग्रह गरेको छ । यस्तै तोकिएको ढाँचामा उपभोक्तालाई ग्याँस
कार्ड भराउन र जुन ग्याँस उद्योगको बिक्रेता हो त्यो उद्योगको नाम
साइनबोर्डमा लेखी सबैले देख्ने गरी राख्ने व्यवस्था मिलाउन बिक्रेतालाई
निगमले अनुरोध गरेको छ ।निगमले प्रमाणिकरण भई मापदण्ड अनुसार
ग्यासको खुद्रा बिक्री गर्ने अधिकृत बिक्रेता बाहेक अरु कुनै व्यक्ति
बिक्रेता वा पसललाई बिक्रीका लागि कुनै पनि ग्याँस उपलब्ध नगराउन र त्यस्ता
पसलबाट ग्याँस नकिन्न पनि आग्रह गरेको छ ।दुईथरी ग्याँसको व्यवस्था अनिवार्य रुपमा
लागू हुने भएकाले त्यसअघि नै व्यवसायिक प्रयोजनका लागि गाढा निलो रंगको
सिलिण्डर बनाउन निगमले आग्रह गरेको छ ।दुईथरी ग्याँसको व्यवस्था र घरायसी प्रयोजनको रातो सिलिण्डरमा अनुदान दिनका लागि अहिले ग्याँस कार्ड भर्ने काम भइरहेको छ ।
निगमका प्रवक्ता पुडासैनीका अनुसार
अहिलेसम्म ९ लाख भन्दा बढी ग्याँस कार्ड फारम वितरण भइसकेको छ भने दुई लाख
भन्दा बढी कार्ड प्रमाणीकरण गरी उपभोक्तालाई दिइसकिएको छ ।
0 comments
तपाईंको प्रतिकृया