सपनाको असर दाम्पत्य सम्बन्धमा

सपनाको असर दाम्पत्य सम्बन्धमा
woman-dreaming
             एक नयाँ अध्ययनले  हामीले देख्ने सपनाले हाम्रो प्रेम वा दाम्पत्य सम्बन्धमा प्रभाव पार्ने तथ्य पहिलोपटक पत्ता लगाएको छ । अध्ययन अनुसार अघिल्लो रातमा देखेको सपनाको प्रभाव अर्को दिन हामीले आफ्नो पार्टनरसँग गर्ने व्यवहार तथा अन्तरक्रियामा पर्छ ।अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार धोकाधडी, इष्र्या तथा अन्य खराब सम्बन्धका आचरण सम्बन्धि सपनाहरुले दाम्पत्य सम्बन्धमा तनाव ल्याउँछन् । अघिल्लो रात यस्ता खराब सपना देखियो भने अर्को दिन लोग्ने स्वास्नीबीच झगडा हुने, द्धन्द उत्पन्न हुने र सौहार्दतामा कमी आउने शोधकर्ताहरुको निष्कर्ष छ ।
             ‘धेरै मानिसहरुले उनीहरुले देख्ने सपनाका विषयमा ध्यान दिँदैनन् र त्यसले उनीहरुको मगजको अवस्थामा पार्ने प्रभावका बारेमा पनि अनभिज्ञ हुन्छन् ।’ मुख्य शोधकर्ता तथा मेरिल्याण्ड विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक डाइलान सेल्टरम्यान भन्छन् ।उनका अनुसार पछिल्लो अध्ययनले सपना र दाम्पत्य सम्बन्धका बीचमा दहि्रलो सम्बन्ध रहेको देखाएको छ । यो अध्ययनको निष्कर्ष सोसल साइकोलोजी एण्ड पर्सनालिटी साइन्स जर्नलमा छापिएको छ ।
onlinekhabar

0 comments

तपाईंको प्रतिकृया

News,Entertainment From Around The World